काठमाण्डौ बाहिर कोरोना परीक्षणमा भेरी पहिलो

११ श्रावण २०७७, आईतवार १४:१५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पोलिमरेज चेन रियाक्सन पीसीआर परीक्षणमा काठमाण्डौ बाहिर नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना परीक्षण प्रयोगशाला पहिलो भएको छ । पीसीआर परीक्षण गर्नेमा पहिलो स्थानमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौ र दोस्रोमा भेरी अस्पताल नेपालगञ्ज रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमै नमूना परीक्षणमा दोस्रो स्थानमा परेपछि भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले प्रयोगशालामा कार्यरत प्राविधिकहरुलाई बधाईसहित धन्यवाद व्यक्त गरेका छन् ।
अध्यक्ष धितालले प्रयोगशालामा कार्यरत प्राविधिकहरुप्रति सम्मान व्यक्त गर्दै आफ्नो फेसबुकमा लेखेका छन्, ‘पीसीआर टेष्ट गर्नेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौ प्रथम र दोस्रोमा भेरी अस्पताल नेपालगञ्ज रहेको छ ।
यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले पनि प्रयोगशालामा कार्यरत प्राविधिकहरुप्रति सम्मान व्यक्त गर्दै आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘भेरी अस्पतालको ल्यावमा १९ हजार पीसीआर परीक्षण पूरा भएको छ । यो काठमाण्डौ बाहिर सबैभन्दा बढी हो ।

Next Post

विभिन्न आरोपमा बाँकेमा दुई जना पक्राउ

११ श्रावण २०७७, आईतवार १४:१५
सदरलाइनडटकम, नेपालगञ्ज : विभिन्न आरोपमा बाँकेमा दुई जना पक्राउ परेका छन् । मोटरसाइकल चोरेको आरोपमा सल्यान कुपिण्डेदह नगरपालिका वडा नं. १ का २९ वर्षीय अर्जुन शाही पक्राउ परेका छन् । डुडुवा गाउँपालिका वडा नं. ३ का खेम थापाको भे ४ प ६१३९ नेम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा उनलाई मोटरसाइकलसहित नेपालगञ्जको […]