२३ ग्राम ब्राउन सुगरसहित खत्री प्रहरी फन्दामा

३१ जेष्ठ २०७६, शुक्रबार १९:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : प्रहरीले भारतको सीमावर्ती रुपैडिहा बजारबाट नेपालगञ्ज आउदै गरेका एक किशोरका साथबाट ठूलो परिणाममा प्रतिबन्धित लागू औषध ब्राउन सुगर बरामद गरेको छ ।
नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जमुनाहको संयुक्त टोलीले शुक्रबार साँझ छ बजेतिर बर्दिया गेरुवा गाउँपालिका–२ का २६ का स्वरुप खत्रीका साथबाट २३ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक बिरबहादुर थापाले खत्रीले रुपैडिहाबाट सो ब्राउन सुगर लिएर आउदै गर्दा चेकजाँचको क्रममा नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ परेका खत्रीलाई बरामदी मुचुल्का गरी थप अनुसंन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाईएको प्रहरी निरिक्षक थापाले बताए ।
यसैगरी भारतीय सीमा सुरक्षा बल एसएसबीले ५ ग्राम ब्राउन सुगर सहित नेपालगन्जका एक युवक भारतमा पक्राउ परेका छन् । गौरब नाम गरेका उनी नेपालगन्जका हुन ।
भारतीय प्रहरीले उनको साथबाट रुपैडिहाको चकिया रोड चौराहमा रहेको रियाज मेडिकल स्टोरबाट रियाज अहमदलाई ६० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।पक्राउ परेका दुबैजनालाई आवश्यक प्रक्रिया पुरा गरी भारतीय कारागा पठाईएको भारतीय प्रहरीले जनाएको छ ।

Next Post

सुत्केरीको मृत्युपछि डडेल्धुरामा तनाव

३१ जेष्ठ २०७६, शुक्रबार १९:३७
सदरलाइनडटकम, डडेल्धुरा : चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा सदरमुकाममा प्रदर्शन गरेका छन् । अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा ‘ब्लिडिङ’ नरोकिएपछि शुक्रवार मृत्यु भएको थियो । मृतकका आफन्तले शनिवार नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रर्दशन गरेका हुन् […]