उद्दार जारी, बुधबार पनि हेलिकप्टरबाट १ सय ४ को उद्दार

१२ श्रावण २०७३, बुधबार १४:०६
 

IMG_7663सदरलाइनडटकम
१२ साउन, नेपालगन्ज :  राप्तीमा आएको बाढीमा फसेका थप १ सय ४ जनालाई नेपाली सेनाको हेलिकप्टरले होलियाको कृषि चौफेरीबाट उद्दार गरी होलिया कै खडैचामा ल्याएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले दिएको जानकारी अनुसार बाढीका कारण बाँकेमा कुनै मानविय क्षति नभएको र जोखिम अवस्थामा रहेकालाई हेलिकप्टर, डुंगा तथा स्थानीय साधनको प्रयोग गरी उद्दार गरिएको बताए ।
बुधबार बिहान सेनाको हेलिकप्टरले होलियाको कृषि चौफेरीबाट पुरुष ३६, महिला ३० र बालबालिका ३८ जनालाई होलियाको पिप्रहवामा रहेको विद्यालयमा राखिएको छ । विद्यालयमा रहेका मध्येबाट घर भएकाहरु आ–आफ्ना घर जाने र बाँकीलाई त्यहि बस्ने बाताबरण मिलाईएको बाँकेका प्रमुख जिल्ला अधिकारी पन्थले जानकारी दिए ।
बुधबार नै गँगापुर–१ कुडवाका २८ घरका १ सय २१ जनालाई सुरक्षा निकाय र रेडक्रसको टोलीद्धारा डुङ्गाको मद्दतले उद्दारगरी गंगापुर रेडक्रश र गाविस भवनमा राखिएको छ । उनीहरुलाई तत्काल खान हुने ड्राई खानेकुरा चिउरा चाउचाउ चिनीलगायत वितरण गरिएको छ ।
सुरक्षित स्थानमा राखिएका व्यक्तिहरुलाई प्रति घर ३ दिनका लागि तयारी खाना प्रति व्यक्ति (चिउरा–६०० ग्राम, चिनी ७५ ग्राम, चाउचाउ ३ वटा र बिस्कुट ३ वटा) बितरण गरिएको छ ।
बाढीबाट डुबान भएको समुदाय हालसम्म सामान्य अवस्थामा नआइसकेको हुँदा ती समुदायहरुमा तत्काल खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी जनचेतनामुलक गतिविधिहरु र हाइजिन किटहरु वितरण गर्न सम्बन्धित निकायसँग समन्वयको प्रयाय भैरहेको छ ।
उनले राप्ती नदिको तटीय क्षेत्रका गाविसहरु कचनापुर, बनकटवा, बेतहनी, होलिया, फत्तेपुर र गँगापुरका केही क्षेत्रहरुमा अभैm पनि डुबानको अवस्था रहेको र डुवानबाट जनजीवन सामान्य अवस्थामा आई नसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आमाले आत्महत्या गरेपछि दुई नावालकको विजोग

१२ श्रावण २०७३, बुधबार १४:०६
सदरलाइनडटकम १२ साउन, नेपालगन्ज : बाबु बैदेशिक रोजगारमा रहेको अवस्थामा आमाको मृत्यु भएपछि बाँके चिसापानी–१ मा दुई नावालकको विचल्ली भएको छ । आमाको मृत्युपछि डेढ वर्षे र ३९ दिनका नावालकको संरक्षण र हेरचाहको लागि कोही नभएपछि छिमेकीद्वारा ती नावालको हेरचाह र संरक्षणको लागि पहल गरेका छन् । गत साउन ७ […]