११ हजारले गरे बाल विवाहविरुद्धको प्रतिबद्धता

२५ श्रावण २०७५, शुक्रबार १९:००
 

सदरलाइनडटकम, 
काठमाण्डौं : ‘नेपाली जुटौँ, बालविवाह रोकौँ’ भन्ने नारासहित सुरु भएको बाल विवाहविरुद्धको सय दिने सञ्चार अभियान शुक्रबार सम्पन्न भएको छ । गत वैैशाख २३ गतेदेखि सुरु भएको अभियानमा मुलुकभरका ३ सय भन्दा बढि सामुदायिक रेडियो सहभागी भएका थिए ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब), सीआईएन र वल्र्डभिजन इन्टरनेशनल नेपालबीचको सहकार्यमा अभियान सुरु गरिएको सो अभियान काठमाडौँमा शुक्रबार भएको एक कार्यक्रमका बीच अभियान समापन भएको घोषणा गरिएको हो ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अध्यक्ष सुवास खतिवडाले बालविवाह विरुद्धको ५ वर्षे अभियान सामाजिक रुपान्तरणको अभियान भएको बताए । उनले बालविवाह मुक्त नेपाल बनाउनु नै सामुदायिक रेडियोको मुख्य उद्देश्य भएको स्पष्ट पारे । वल्र्डभिजन इन्टरनेशनलका निर्देशक पुस्कर खातीले बालविवाह विरुद्धको अभियान सञ्चाल गरेर आफूहरूले सरकारसँग हातेमालो गरेर योगदान पुर्याएको बताए ।
अभियानको क्रममा बालविवाहविरुद्ध राष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसददेखि शिक्षक, विद्यार्थी र सर्वसाधारण गरी ११ हजारभन्दा बढी व्यक्तिको प्रतिबद्धता संकलन गरि प्रसारण गरिएको थियो । प्रतिबद्धता जनाउने सबैले आफ्नो क्षेत्रबाट बालविवाह रोक्ने, कानुन निर्माण गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका थिए ।
सीआईएनको संयोजनमा ११ हजार व्यक्तिको प्रतिवद्धता संकलन प्रसारण गरिएको थियो । अभियानले धेरै मानिसको सोचमा परिवर्तन गर्न सहयोग पु¥याएको र सीआईएनले एउटै बिषयमा ११ हजार मानिससँग भेटेर सय दिन भित्र अन्तवार्ता लिएर प्रसारण गरि एसियामै नयाँ रेकर्ड कायम गरेको सीआईएनका प्रमुख दीपक आचार्यले जानकारी दिए ।
यसैवीच एक वर्षअघि सुरु भएको बालविवाह अन्त्यका लागि ‘नेपाली जुटौं, बाल विवाह रोकौँ’ भन्ने नारासहितको ५ वर्षे राष्ट्रिय अभियानको पनि आज एक वर्ष पूरा भएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) र वल्र्डभिजन इन्टरनेशनलको सहकार्यमा पाँच वर्षे अभियान अझै ४ वर्षसम्म चल्नेछ ।

Next Post

मुख्यमन्त्री पोखरेल र चाइना टोलीबीच भेटवार्ता

२५ श्रावण २०७५, शुक्रबार १९:००
सदरलाइनडटकम, बुटवल : चाइना रेलवे इन्टरनेशनल गु्रपको एक टोलीले प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग शुक्रवार भेटेर रामग्राम—लुम्बिनी—कपिलवस्तुको बुद्धसर्किटमा मोनोरेलको सम्भाव्यता अध्ययनबारे छलफल गरेको छ । भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको सम्भावना प्रचुर रहेकोले प्रदेश सरकार पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएका थिए । उनले बुद्धसर्किटमा मोनोरेल […]