जिल्ला बिपद व्यवस्थापन समितिको विभिन्न निर्णय

२ असार २०७७, मंगलवार १६:२७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणको कहर कै बेलामा मनसुन सुरु हुँदै गर्दा मनसुनका कारणले हुने बिपदबाट जोगिन जिल्लामा भएको तयारीका बारेमा छलफल भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष रामबहादुर कुरुमबाङ्गको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले विभिन्न कलस्टरको तयारीको बारेमा जानकारी गराईएको हो ।

मनसुनका कारण आउने बाढी डुवान तथा कटानको कारण बाँकेमा करिव २५ हजार घरधुरी प्रभावित हुने प्रक्षेपण गरिएको र तयारी पनि सोही अनुसार गरीएको बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष कुरुमबाङ्गले जानकारी दिए ।


जिल्लाका राजनीतिक दल, स्थानीय तहका प्रमुखहरु, जिल्ला समन्वय समितिका संयोजक, विभिन्न दातृ निकायका प्रतिनिधि, विभिन्न कलस्टरका प्रमुखलगायतको सहभागिता रहेको सो बैठकले कोरोनाको संक्रमणको कहरै बीचमा आउन सक्ने बाढीजन्य प्रकोपबाट जोगिनको लागि विभिन्न ६ वटा निणर्य समेत गरेको छ ।

बाँकेमा बाढी जन्य प्रकोपबाट आठ वटै पालिका प्रभावित हुने गरेका छन् । पछिल्लो समयमा भारतले दशगजामै बाँध जस्तो सडक निर्माण गरेपछि सीमावर्ती गाउहरु डुवानको चपेटामा पर्दै आएका छन् ।

Next Post

देशभर कोरोना संक्रमितको संख्या ६५ सय नाघ्यो

२ असार २०७७, मंगलवार १६:२७
सदरलाइनडटकम, नेपालगञ्ज : देशभर थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङअनुसार मंगलवारसम्म कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार यीमध्ये ६ हजार ९२ पुरुष र ४ सय […]