नेपालगञ्ज विमानस्थलद्धारा ३ करोड बढी बचत

सदरलाइन संवाददाता ४ भाद्र २०७८, शुक्रबार १६:१८
 

नेपालगञ्ज : नेपालगञ्ज विमानस्थलले आर्थिक वर्ष २०७७/७८ मा ३ करोडबढी बचत गरेको छ । देशभर रहेका ५४ मध्ये ४३ विमानस्थल घाटामा जाँदा नेपालगन्ज विमानस्थलले भने आर्थिक वर्ष ०७७/७८ मा ३ करोड २ लाख बचत गर्न सफल भएको हो ।

५ करोड ४७ लाख आम्दानी भएकोमा २ करोड ४५ लाख खर्च भएको विमानस्थलले जनाएको छ । नेपालगञ्ज विमानस्थलसँगै धनगढी, सुर्खेत, जुम्ला, सिमिकोट, रारा र बाजुरा विमानस्थलले पनि आम्दानी गरेका छन् ।

धनगढी विमानस्थलले १ करोड ६४ लाख ७ हजार, सुर्खेत विमानस्थलले २ लाख ८५ हजार, जुम्ला विमानस्थलले ५ लाख १५ हजार बचत गरेको छ ।


यस्तै सिमकोट विमानस्थलले २३ लाख ९८ हजार बचत गरेको छ । बाजुरा विमानस्थलले ६ लाख ८८ हजार बचत गर्दा रारा विमानस्थलले २७ लाख ४८ हजार बचत गर्न सफल भएको छ ।

डोल्पा, साँफेबगर र डोटी विमानस्थल भने घाटामा गएका छन् । डोल्पा विमानस्थल १३ लाख ८९ हजार, सांफेवगर विमानस्थल ४ लाख ९१ हजार ७ सय र २ लाख ३१ हजार घाटामा गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा एष्ट्राजेनेकाको पहिलो डोज लगाउन शुरु

४ भाद्र २०७८, शुक्रबार १६:१८
बर्दिया : बर्दियामा शुक्रवारदेखि कोरोना विरुद्धको एष्ट्राजेनेका खोपको पहिलो डोज लगाउन शुरु गरिएको छ । गुलरिया, बाँसगढी, बारबर्दिया, ठाकुरबाबा, मधुवन, राजापुर नगरपालिका त्यस्तै बढैयाताल र गेरुवा गाउँपालिकामा एष्ट्राजेनेकाको खोप लगाउन शुरु गरिएको हो । स्वास्थ्य कार्यालय बर्दियाका बरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीका अनुसार विश्वविद्यालयका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थी […]