पन्तको हत्यारा चाँडै पत्ता लाग्ने गृहमन्त्रीको दाबी

२९ भाद्र २०७५, शुक्रबार १६:३९
 

सदरलाइनडटकम,
काठमाण्डौ : कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधी चाँडै पत्ता लाग्ने गृहमन्त्री रामबहादुर थापाले दाबी गरेका छन् । पन्त हत्याबारे शुक्रवार राष्ट्रियसभाका सदस्यलाई जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् ।
दोषीमाथि कडा कारवाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै गृहमन्त्री थापाले अपराधी जोसुकै भएपनि उम्किन नपाउने जिकिर गरे । कञ्चनपुरकी १३ बर्षीया बालिका पन्तको बलात्कारपछि हत्या गरिएको थियो । पन्त घटनाका विषयमा सरकारले उच्चस्तरीय छानबिन टोली गठन गरेपनि अझैसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।
गृहमन्त्री थापाले जनआन्दोलनका घाइते, पत्रकार राजु बस्नेतलाई पक्राउ गर्नुपर्ने कारण, जिल्ला प्रहरी कार्यालय बर्दियामा मृत्यु भएका राममनोहर यादवको मृत्यु र रोल्पा घटनाका विषयमा राष्ट्रियसभाका सदस्यलाई जानकारी दिएका थिए ।

Next Post

ज्ञानोदय पुस्तकालयमा पत्रकार विश्वकर्मा बसे अनशन

२९ भाद्र २०७५, शुक्रबार १६:३९
सदरलाइनडटकम, कोहलपुर (बाँके) : ज्ञानोदय सामुदायिक पुस्तकालयको साधारण सदस्य संख्याको बारेमा सूचना माग गरेको लामो बितिसक्दासमेत नपाएको भन्दै पत्रकार एवम् पुस्तकालयका आजिवन सदस्य पुजन विश्वकर्मा अनशन बसेका छन् । कोहलपुर चौराह नजिक सडकमा अनशन बसेका उनले अधिवेशनदेखि हालसम्म भएका गतिविधिको सूचना माग गरेको लामो समय बित्दासमेत नपाएपछि दवावका लागि अनशन बसेको […]

सम्बन्धित