अमेरिकामा फ्लोएडपछि अर्का एक अश्वेत व्यक्तिको मृत्यु

३२ जेष्ठ २०७७, आईतवार १७:२९
 

सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकाको एक रेस्टुरेन्ट नजिक कारमा सुतिरहेका एक अफ्रिकी–अमेरिकी व्यक्तिलाई गोली प्रहार गरेको विषयमा एटलान्टा प्रहरी प्रमुखले राजीनामा दिएका छन् । प्रशासनका अनुसार शुक्रबार झडपको क्रममा एक प्रहरी अधिकारीले २७ वर्षीय रेशर्ड ब्रुक्सलाई गोली प्रहार गरेका थिए ।
मेयर केइशा लन्स बटम्सका अनुसार प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिएका हुन् । एटलान्टमा प्रदर्शनकारीहरु सडकमा आएका थिए र उनीहरुको ब्रुक्सको मृत्युको विरोध गर्दै कारबाही गर्न माग गरेका थिए ।
शनिवार साँझ प्रदर्शनकारीहरुले एटलान्टामा इन्टरस्टेट–७५ नामको एक मुख्य राजमार्ग बन्द गरिदिएका थिए । वेण्डिज नाम गरेको रेस्टुरेन्टबाहिर ब्रुक्सको मृत्यु भएको थियो, प्रदर्शनकारीहरुले त्यो रेस्टुरेन्टमा आगो लगाएका थिए ।
गत तीन हप्तादेखि प्रहरीको हिरासतमा एक अश्वेत अमेरकी जर्ज फ्लोएडको मृत्युपछि पूरै अमेरिकामा विरोध प्रदर्शन भइरहेको छ । एरिका शिल्ड्स सन् २०१६ डिसेम्बरदेखि प्रहरी प्रमुखको पदमा थिइन् र एटलान्टा प्रहरी विभागमा २० वर्षदेखि काम गर्दै आएकी थिइन् । एटलान्टा दोस्रो भूमिकामा विभागसँग जोडिरहने मेयर बटम्सले बताएका छन् । (एजेन्सी)

Next Post

कोहलपुरका चिकित्सकसहित ४२ जना क्वारेन्टाइनमा

३२ जेष्ठ २०७७, आईतवार १७:२९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका ८ चिकित्सकसहित ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ । जेठ २२ गते कलेजमा भर्ना भएका रुकुमका एक जना पेट सम्बन्धी विरामीको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कमा आएका डाक्टर, नर्स र सहयोगी कर्मचारी गरी ४२ जनालाई क्वारेन्टाइनमा राखिएको हो । मेडिकल कर्मचारी संघका […]