आफुलाई शुसासन अभियन्ता ठान्नेले जहाज भित्रै मन्त्रीमाथी आक्रमणको प्रयास

२९ भाद्र २०७६, आईतवार ११:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा विमानभित्रै ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेका एक समूहले गालीगलौज र दुब्र्यवहार गरेको छ । उनीहरुले मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्दै ‘मन्त्रीलाई राम धुलाई’ गरेको भन्दै प्रचारसमेत गरेका छन ।
सामाजिक सञ्जाल र युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई अपशब्द प्रयोग गर्दै भिडियो खिचेको हो । पर्यटनमन्त्री भट्टराईले भने आफू विमानस्थलमा आइपुग्न १५ मिनेट ढीलो भएको भन्दै यात्रुलाई असुविधाप्रति क्षमायाचना गरेका थिए ।
मन्त्रीका भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार मन्त्री भट्टराई शनिबार डलफिन महोत्सव कार्यक्रमका लागि कैलालीको टिकापुर पुगेका थिए । मन्त्री भट्टराईको शनिबार नै धनगढीको अन्तिम उडानबाट काठमाडौं फर्किने पूर्वनिर्धारित तालिका थियो । तर, कैलालीको टिकापुरमा कार्यक्रम ढिलो भएपछि धनगढीको अन्तिम उडानबाट फर्किन सम्भव नभएपछि उनी नेपालगञ्जबाट बुद्धकै अन्तिम उडानबाट काठमाण्डौ जान लागेका थिए ।

‘आज आइतबार प्रतिनिधिसभामा मन्त्रालयको बारेमा संसदहरुको उत्तर दिनुपर्ने कार्यतालिका रहेको कारण मन्त्रीलाई शनिबार नै काठमाडौं फर्किनु पर्ने दबाब थियो । त्यही कारण मन्त्री बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौं फर्किन धनगढीबाट नेपालगञ्ज जानुभयो । करिब ६ ः ३५ मा यात्रुहरुको बोर्डिङ्ग भएको थियो । यात्रुहरुभन्दा १५ मिनेट ढिला गरी करिब ६ः५० तिर मन्त्री विमानस्थल पुग्नुभयो’–स्वकिय सचिव गुरागाईले भने–‘जहाज साढे ६ बजे नेपालगञ्ज ल्यान्ड भएको थियो। एयरलाइन्सका कर्मचारीहरूले हामीलाई त्यही सूचना दिएका थिए । मन्त्रीज्यूले हामीलाई जहाज छुटे होटलमै बसौंला भनि रहनुभएको थियो । हामी विमानस्थल पुग्दा ६ः५० भएको थियो । त्यसपछि जहाज उडेको हो ।’
नेपालगञ्ज विमानस्थल पुग्ने बित्तिकै ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेको तीन चार जनाको समूहले तिव्र हो–हल्ला गरेका थिए । त्यो टोली मध्येका एकजनाले मन्त्री भट्टराईलाई ‘पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ त्यो हामीले कहाँ बिर्सेका छौं र ?’ भन्दै अपशब्द प्रयोग गरेका थिए । उनीहरुले विमानमा नै मन्त्रीलाई ‘अब देखाइदिने’ चुनौती समेत दिएका थिए ।


यात्रुहरुका अनुसार ज्ञानेन्द्र शाही लगायत उनका समुहले ‘हामी त्यसै छोड्दैनौं’ भन्दै अपशब्द प्रयोग गरेका थिए । ज्ञानेन्द्र शाही लगायतका समूह पनि त्यही विमानबाट काठमाडौं फर्किन्दै थिए । मन्त्रीले विमानमा शाहीको उत्तेजित समूहलाई कुनै उत्तर दिनुभएन । गाली गलौज गरीरहदा समेत हाँसेरै बस्नुभयो ।
प्रहरीका अनुसार शाहीकै एक जना सहयोगीले मन्त्री भट्टराईविरुद्ध नाराबाजी गर्दै हातपात प्रयास गरेको थिए । शाहीको समूह नेपालगञ्जमा एक बिरोधसभा गर्न पुगेका थिए । त्यो सभामा पनि शाहीले सरकार र गणतन्त्रको तिव्र बिरोध गरेका थिए । विमानमा समेत ज्ञानेन्द्र शाहीले मन्त्रीलाई दुव्र्यवहारका लागि अन्य यात्रुहरुलाई समेत हौसाएका थिए ।
शाहीले पछिल्लो समयमा सरकार, गणतन्त्र संघीयता र धर्मनिरपेक्षताको तिब्र बिरोध गर्दै आएका छन् । शाहीले गत वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई ‘दलाल र कुकुर’ गाली गरेका थिए । उनी साइबर अपराधमा जेठ १५ गते सुर्खेतबाट समातिएका थिए । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्डलाई जेल हाल्ने धम्की दिदै आएका छन् ।

Next Post

‘कर्णालीका जनताले घरदैलोमै सहज र सुलभ स्वास्थ्य सेवा पाउने’

२९ भाद्र २०७६, आईतवार ११:४३
सदरलाइनडटकम, नेपालगञ्ज  :  शहरी विकास मन्त्री मो.इश्तियाक राईले कर्णाली प्रदेशको विरेन्द्रनगरमा प्रदेश अस्पतालको निर्माणपछि अब कर्णालीका जनताले सहज र सुलभ तरिकाले राम्रो स्वास्थ्य सेवा पाउने बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संघीय सरकारले निर्माण गरेको ३ सय शैयाको नवनिर्मित अस्पताल भवनको उद्घाटन गर्दै मन्त्री राईले सो कुरा बताएका हुन […]

सम्बन्धित