थापाको हत्यापछि पन्ध्र जना प्रहरीको नियन्त्रणमा

सदरलाइन संवाददाता ३ माघ २०७७, शनिबार १५:५७
 

नेपालगञ्ज : बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक सूचक प्रवीण थापा मगरको हत्यापछि थापाकी प्रेमीकामाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ । बाँके प्रहरीले भने, उनकी प्रेमीकाको नाम भने सार्वजनीक गरेको छैन ।

प्रहरी श्रोतका अनुसार घटनास्थलबाट विभिन्न सामग्रीसमेत बरामद भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१८, कारकाँदो घर भएका २७ वर्षिय प्रविन शुक्रबार मृत भेटिएका थिए ।

नेपालगञ्ज लग्दहवास्थित तोरीबारीमा शव भेटिएको थियो । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक थापाको शव भेटिएपछि बाँके प्रहरीले कुकुरसमेत लिएर शवको अनुसन्धान गरेको जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार मृतकको शरीरमा कुटपिटको डाम देखिएको बताए । अनुसन्धानका लागि शंकास्पद १५ जनालाई नियन्त्रणमो लिइएको उनले जानकारी दिए ।

थापाको टाउकोमा गहिरो घाउचोट लागेको छ । बिहीबार साँझ सवा पाँच बजेसम्म थापामगर सम्पर्कमा रहेका थिए । प्रहरी उपरीक्षक रानाका अनुसार शुक्रबारनै मृतक थापामगरको शव भेरी अस्पताल नेपालगञ्जमा पोष्टमार्टम गरिएको छ । उनले राष्ट्रिय अनुसन्धान प्रहरीको हत्या भएपछि गम्भीरतापूर्वक घटनाको छानविन तथा अनुसन्धान गरेको बताए ।

Next Post

कोरोना भ्याक्सिनले नै ज्यान लिन थालेपछि......

३ माघ २०७७, शनिबार १५:५७
काठमाण्डौ : कोरोना भाइरस विरुद्धको भ्याक्सिनबाटै मानिसहरुको ज्यान जान थालेपछि तनाब बढेको छ । फाइजरको भ्याक्सिन लगाएर अहिलेसम्म नर्वेमा कम्तिमा २९ जनाको ज्यान गएको छ । पछिल्लो पटक नर्वेमा भ्याक्सिन लगाएका ६ जनाको ज्यान गएसँगै अहिलेसम्म नर्वेमा मात्र ज्यान गुमाउनेको संख्या २९ पुगेको हो । भ्याक्सिनका कारण धेरै जसो वृद्धवृद्धाको […]