खजुराको आईशोलेशन सेन्टरका लागि नेपालगञ्जका समाजसेवीको सहयोग

२० जेष्ठ २०७७, मंगलवार १८:२९
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  बाँकेमा कोबिड–१९ नोबल कोरोनाका संक्रमितको संख्या बृद्धि हुँदै गएपछि मनकारी सहयोगी हातहरुले कोरोना संक्रमितलाई राख्नको लागि आईशोलेशनमा आवश्यक मेडिकल मेटे«क्स सहयोग गरेका छन् ।

नेपालगञ्जका समाजसेवी तथा व्यावसायी सेम शाक्य, बिजय गुप्ता, अजय गुप्ता, प्रदीप कुमार छाजेड, र सञ्जय जैनले खजुरा गाउपालिकाले निर्माण गर्न लागेको आईसोलेशन सेन्टरको लागि २५ थान मेटे«क्स उपलब्ध गराएका हुन ।


नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरी खजुरा गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिलाई उनीहरुले हस्तान्त्रण गरेका हुन । प्रति मेटे«क्स ३ हजार ५ सयको २५ थानको ८७ हजार ५ सय मुल्य रहेको छ ।

बाँकेमा आज मंगलबार पुष्टि भएका १७ जना समेत गरी २१३ जना कोरोना संक्रमित रहेका छन । ती मध्ये २९ जनाले कोरोना जितेर घर फर्केका छन भने एक जनाको मृत्यु भएको छ । यसैगरी आईसोलेसनमा १ सय ९२ जना रहका छन् । हालसम्म ३ हजार ८ सय १ को पिसिआर जाँच भएको छ भने २ हजार ५ सय ८९ को आरडिटी जाँच गरिएको छ ।

Next Post

प्रदेश पाँचका होटललाई क्वारेन्टाइन बनाउन आग्रह

२० जेष्ठ २०७७, मंगलवार १८:२९
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण होटल व्यवसाय सबभन्दा बढी प्रभावित भएको भन्दै होटल व्यवसायी महासंघ प्रदेश नं. ५ रुपन्देही बुटवलले पाँच बुँदे माग गरेको छ । महामारीका कारण देशमा जारी लकडाउनले होटल व्यवसाय धराशायी भएको तर्फ ध्यानाकर्षण गराउँदै महासंघले सम्भव भए लकडाउन अवधीभरको पुरै घरबहाल छुट गर्नुपर्ने […]