नेपालगञ्ज–५ मा हाइमास्ट जडानपछि स्थानीय खुशी

सदरलाइन संवाददाता ५ श्रावण २०८०, शुक्रबार १४:१२
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ मा हाइमास्ट जडान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र उपमेयर कमरुद्दिन राईले संयुक्तरुपमा बत्ती बालेर हाइमास्टको उदघाटन गरेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले प्रदेश सरकारसँगको सहयोगमा हाइमास्ट जडान गरिरहेको छ । निवर्तमान प्रदेश सांसद सुरेन्द्रबहादुर हमालको पालामा हाइमास्ट जडानको बजेट आएको हो ।


नेपालगञ्जको न्यूरोडसहित शहरका मुख्य ८ वटा चोकमा हाइमास्ट जडान भइरहेको नगर प्रमुख विष्टले बताए । नेपालगञ्जलाई उज्यालो शहरका रुपमा विकास गर्न हाइमास्ट जडान भइरहेको छ । हाइमास्ट जडान भएपछि स्थानीयबासी खुशी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आर्थिक अपराधका घटनामा बृद्धि

५ श्रावण २०८०, शुक्रबार १४:१२
नेपालगञ्ज : बाँकेमा आर्थिक अपराधका घटनामा बृद्धि भएको छ । बैकिङ्ग कसुर, ठगी र जुवा जस्ता अपराध नियन्त्रण प्रहरीका लागि चुनौतीपुर्ण बनेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक(डिएसपी) नारायण डाँगीका अनुसार, आर्थिक वर्ष २०७९/८० मा बैकिङ्ग कसुरका मात्रै ३ सय ५ वटा उजुरी परेका छन् । जबकी […]