प्रदेश पाँचका होटललाई क्वारेन्टाइन बनाउन आग्रह

२० जेष्ठ २०७७, मंगलवार १८:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण होटल व्यवसाय सबभन्दा बढी प्रभावित भएको भन्दै होटल व्यवसायी महासंघ प्रदेश नं. ५ रुपन्देही बुटवलले पाँच बुँदे माग गरेको छ ।
महामारीका कारण देशमा जारी लकडाउनले होटल व्यवसाय धराशायी भएको तर्फ ध्यानाकर्षण गराउँदै महासंघले सम्भव भए लकडाउन अवधीभरको पुरै घरबहाल छुट गर्नुपर्ने नभए ५० प्रतिशत छुट दिन माग गरेको छ ।
बाँकी अवधीको भाडा आपसी सहमतिमा समायोजन गरी व्यवसाय सञ्चालन गर्न महासंघले घरधनी र व्यवसायीहरुमा आग्रह गरेको छ । कोरोना महामारीको अन्त्य हुने अवधी निश्चित नभएकोले लकडाउन खुकुलो पारेर आवश्यक सजगता अपनाई व्यापार व्यवसाय सञ्चालन गर्न दिनुपर्ने होटल व्यवसायी महासंघले मंगलवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
लकडाउनमा पर्यटन क्षेत्रका मजदुरहरुको हकमा आपसी समझदारी अवलम्बन गरी काम गर्ने वातावरण बनाउन महासंघले माग गरेको छ । सरकारलाई आवश्यक परे प्रदेश नं. ५ मा रहेका होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिने प्रतिबद्धता जनाउँदै महासंघले वैदेशिक रोजगारीबाट आउने नेपालीलाई सम्बन्धित जिल्लाका होटलमा क्वारेन्टाइन बनाएर राख्न अनुरोध गरेको छ ।
कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले सबै क्षेत्र धराशायी भएको भन्दै होटल व्यवसायी महासंघले बैंकको ब्याज र किस्ता, विद्युत, पानी, करलगायतको महशुलमा छुट दिन सरकारसँग माग गरेको छ ।


Next Post

नेकपा खजुराद्वारा स्वास्थ्य सामग्री प्रदान

२० जेष्ठ २०७७, मंगलवार १८:४६
सदरलाइनडटकम, खजुरा (बाँके) : नेकपा खजुराले खजुरा गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेकपा प्रदेश कमिटी सदस्य वेदनिधी प्याकुरेल, डम्बर विक तुफान, खजुरा इञ्चार्ज भीम ओली, खजुरा अध्यक्ष राजकुमार विक, सचिव यमबहादुर महतारा, युवा नेता धनीराम ओली, गेहेन्द्र धिताल गाउँपालिका पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । खजुरा गाउँपालिका […]