सदरलाइनडटकम,
नेपालगञ्ज : संघिय सरकारका शहरी विकास मन्त्री मो ईस्तियाक राईले नेपालगञ्जको धम्बोझी माविको मंगलबार स्थलगत अवलोकन गरेका छन् ।
अबलोकनका क्रममा विद्यालयमा विद्यार्थीको चाप देखेर उनले विद्यालको भौतिक पूर्वाधार विकासको लागि ५ कोठे भवन निर्माणको लागि सांसद विकास कोषबाट रकम उपलब्ध गराउने भएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन धनबहादुर चन्दले दिएको जानकारी अनुसार अकात्मात विद्यालयमा आईपुगेका शहरी विकास मन्त्री राईले विद्यालयमा अपुग कक्षा कोठाको लागि ५ वटा कक्षा कोठा निर्माण गर्नको लागि उनले सहयोग गर्ने भएका हुन ।
नेपालगञ्ज वडानं.१मा रहेको सो विद्यालयमा कक्षा १देखि १२ समम २ हजार १ सय ४८ विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक बामदेव सुवेदीले जानकारी दिए ।
