क्वीक्स कप : दाङ र बर्दिया बराबरी

९ आश्विन २०७६, बिहीबार १८:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  नेपालगञ्जमा जारी क्वीक्स कप अन्तर विद्यालय प्रदेशस्तरीय छात्रा फुटबल प्रतियोगितामा बर्दिया र दाङले अंक बाँडेका छन् । नेपालगञ्ज रंगशालामा भएको खेलमा बर्दिया र दाङले दुई÷दुई गोलको बराबरी खेलेका हुन् ।शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा बर्दियाले बराबरीमा चित्त बुझाउनु परेको छ । दोस्रो खेलमा समेत बराबरी खेल्दा अब बर्दियाको अगाडिको यात्रा मुश्किल बनेको छ ।
बर्दियाले ९ मिनेटमा अग्रता लिएको थियो  सिर्जना थारुले गोल गरेर टीमलाई अग्रता दिलाएकी थिइन् । दाङकी बिनिता खड्काले १७ मिनेटमा गोल गरेर बराबरीमा ल्याइन् । मध्यान्तर अघिको अतिरिक्त समयमा बर्दियाले फेरि अग्रता लिएको थियो । अन्जली थारुले फ्रिकिकबाट उत्कृष्ट गोल गरेकी थिइन् । बर्दियाको दोस्रो अग्रतालाई दाङले खेल सकिन ५ मिनेट बाँकी रहदा बराबरीमा ल्यायो । डीएरिया बाहिर पाएको फ्रिकिकलाई दाङकी बिनिता खड्काले गोलमा परिणत गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।
बर्दियाबाट नेरा गणेश मावि र दाङबाट फातिम इंग्लिश बोर्डिङ स्कूलले प्रतिनिधित्व गरेका छन् । बर्दियाले यसअघि बाँकेसँग बराबरी खेलेको थियो । अब शुक्रबार हुने बाँके र दाङबीचको खेलले विजेताको टुंगो लगाउने छ ।
बाँके जिल्ला फुटबल संघले सञ्चालन गरेको प्रदेश ५ स्तरीय क्वीक्स कपमा बाँके, बर्दिया र दाङका स्कूल सहभागी भएका छन् । यहाँबाट विजेता हुने एउटा टीमले काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा भाग लिने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । प्रदेश ५ को अर्को अरु जिल्लाले बुटवलमा खेलिरहेका छन् । बुटवलबाट पनि एउटा टोली काठमाडौंको प्रतियोगितामा सहभागी हुनेछ ।

Next Post

बाँकेले उचाल्यो क्वीक्स कप

९ आश्विन २०७६, बिहीबार १८:३७
सदरलाइनडटकम, नेपालगञ्ज :  नेपालगञ्जमा जारीे प्रदेश स्तरीय क्वीक्स कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा बाँके प्रथम भएको छ । सो प्रतियोगितामा तीन जिल्ला सम्मिलित रहेका थिए । दाङको फातिमा इंगलिस बोर्डिङ स्कूललाई २–० गोलले पराजित गर्दै बाँकेको जनज्योती मावि प्रथम भएको हो । बाँके, बर्दिया र दाङ सम्मिलित टोलीबाट प्रथम […]