कोहलपुर खानेपानीमा आर्थिक सहायता निषेध

सदरलाइन संवाददाता ७ भाद्र २०८०, बिहीबार १४:०१
 

कोहलपुर (बाँके) : कोहलपुर बृहद् सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा चन्दा निषेध गरिएको छ । ऋणमा रहेको संस्थालाई मितिव्ययी बनाउका लागि चन्दा नदिने लगायतका सुधारका कार्ययोजना बनाउन लागिएको अध्यक्ष टेकनारायाण भुषाल बताउँछन् । ‘संस्था ऋणमा भएका कारण मितव्ययी बन्नैपर्ने भएको छ । आर्थिक बिषय लगायत संस्था सुधारका कार्ययोजना बनाएर त्यसलाई सार्वजनिक गर्छौ ’ –भुषालले भने ।

संस्थाको कार्यालयमा ‘संस्थाको आर्थिक अवस्था कमजोर भएको हुँदा आर्थिक सहायता तथा चन्दा बन्द गरिएको छ ।’ भन्ने पोष्टर टासिएको छ । संस्थाले नगरविकास कोष मार्फत लिएको ऋणको साँवा ब्याज गरी तीन करोड चौतिस लाख बुझाउन बाँकी छ । उक्त रकम बुझाउन ऋणदाता नगरविकास कोषले ताकेता गरिरहेको छ । तर ऋण तिर्न नसकेको संस्थाका पदाधिकारीले बिगतमा आफै निर्णय गरी अनेकथरी भत्ताका नाममा ठुलो रकम खर्च गरेको भेटिएको थियो । उक्त बिषय निकै बिवादित बनेपछि साधारणसभामा नयाँ नेतृत्व चयनको हो । त्यसपछि सुधारका कामहरु भइरहेको अध्यक्ष भुषाल बताउँछन् ।

कोहलपुर आसपासका पाँच हजार १ सय ८१ घरधुरीलाई पानी खुवाईरहेको संस्थाका पदाधिकारीले आर्थिक दोहन गरेको बिषय २०८० जेठ २ र ३ गते सम्पन्न आठौं वार्षिक साधारणसभामा उठेपछि हर्कबहादुर बुढ्थापाको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको थियो । उक्त समितिले प्रतिवेदन सार्र्बजनिक भएपछि मात्रै ऋणमा रहेको संस्थाका पदाधिकारीले मच्चाएको आर्थिक दोहनको खुलासा भएको हो ।


हर्कबहादुर बुढ्थापा संयोजक रहेको समितिले सार्वजनिक गरेको प्रतिवेदनमा संस्थामा विभिन्न शीर्षकमा संस्थाको विधान, प्रचलित कानुन तथा तोक आदेशका भरमा निणर्य हुने गरेको प्रष्ट पारिएको छ । प्रतिबेदनमा आर्थिक वर्ष २०७२/०७३ देखि २०७९/०८० वैशाखसम्मको आयव्यय तथा आर्थिक विवरणसम्बन्धी छानबिनको क्रममा देखिएका बेथिति उल्लेख छन् ।

छानविन समितिका संयोजक बुढ्थापाले छानबिनको क्रममा कार्यालयबाट उपलब्ध कागजात, बिल, भरपाई, हिसाब, संस्थाको विधान, कार्य समितिको निणर्य, लेखा परीक्षण प्रतिवेदन, आर्थिक ऐन नियम, संस्थाले पेस गरेका वित्तीय बिल, भरपाई विवरणलगायतबाट सोधनी गरी प्राप्त विवरणका आधारमा प्रतिवेदन पेश गरेको बताए । यस्तै आर्थिक पक्षसँग सम्बन्धित शीर्षक पेश्की बेरुजु सापटी र अन्य खर्चसहितको आर्थिक प्रतिवेदन पेश भएको जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा आफन्तबाट बालिकाहरू बलात्कृत हुने क्रम बढ्यो

७ भाद्र २०८०, बिहीबार १४:०१
सुर्खेत : कर्णालीका १० वटै जिल्लामा छिमेकी तथा चिनेजानेका आफन्तबाट बालिकाहरू बलात्कृत हुने क्रम बढ्दो छ । महिला तथा बालिकामाथि हुने यौन हिंसाका घटनामा कमी आउनुको साटो समाजमा बालिकाहरू बलात्कारजस्तो जघन्य अपराधको शिकार हुने क्रम बढिरहेको प्रहरीको तथ्यांक छ । २१ कात्तिक २०७९ मा सुर्खेतकी सात वर्षीया बालिकाको नातेदार तीन […]