पहिरोमा पुरिएर एकै घरका ५ जनाको मृत्यु

सदरलाइन संवाददाता १७ श्रावण २०७९, मंगलवार १३:५२
 

नेपालगञ्ज : म्याग्दीको मालिका गाउँपालिका–२ रुम तामिङमा मंगलबार बिहान पहिरो जाँदा एउटा परिवारका सबै सदस्यको मृत्यु भएको छ । ३७ वर्षीय घामबहादुर बिक, उनकी श्रीमती ३२ वर्षीया राममाया बिकसँगै ८ वर्षीया छोरी रोजी, छोराहरु १३ वर्षका राजन र १५ वर्षका नविनको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी तिलक भारतीले दूई जनाको बिहानै र तीन जनाको शव दिउँसो भेटिएको बताए । बिहान करिब ५ बजे सुतिरहेको अवस्थामा पाखोबाट आएको पहिरोले घामबहादुरको घर पुरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुरूयोजनाविपरीत गरिएको ‘रिसोर्ट सञ्चालन अनुमति’ खारेज

१७ श्रावण २०७९, मंगलवार १३:५२
बुटवल : लुम्बिनी विकास गुरूयोजनाविपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा मंगलवार बसेको परिषद् बैठकले क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो । गुरूयोजनाविपरीत ‘क्याम्पेन ग्राउन्ड’मा‘संसारा वेलनेस’नामक […]