लकडाउनको पालना गराउन आफै खटे सिडिओ

१८ जेष्ठ २०७७, आईतवार १६:०३
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीलाई नियन्त्रण गर्न नेपाल सरकारले गरेको लकडाउनलाई बेवास्ता गर्नेहरुमाथि प्रशासनले कडाई गर्न शुरु गरेको छ । बाँकेमा अत्यावश्यक सामान किन्ने बहानामा घुम्ने र बिना पासको सवारी साधन चलाउनेमाथि बाँके प्रशासनले कडाई गर्न शुरु गरेको हो ।
बाँकेमा कोरानाका विरामी बढ्दै गएपछि लकडाउनको पालना गराउन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ आफै खटेका छन् । भारतबाट नेपाली फर्कने क्रम जारी रहेकाले क्वारेन्टाइन व्यवस्थापनमा समेत समस्या उत्पन्न भईरहेका बेला प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ सडकमा खटिएका हुन् ।
उनले आइतवार खजुरामा अनावश्यक घर बाहिर निस्कनेहरुलाई सचेत गराउँदै अब उपरान्त लकडाउनका बेला बिना काम सडकमा निस्किनेमाथि कारबाही गरिने चेतावनीसमेत दिए ।
लकडाउन प्रभावकारीरुपमा कार्यान्वयन नहुँदा बाँकेमा कोरोना संक्रमित बढ्दै गएको चौतर्फी गुनासो आउन थालेपछि आफै खटिनु परेको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले जानकारी दिए ।


Next Post

बाँकेमा थपिए आठ जना कारोना संक्रमित

१८ जेष्ठ २०७७, आईतवार १६:०३
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नरैनापुरमा २, खजुरामा १ जना, नेपालगञ्जमा ४ र बैजनाथमा १ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभरमा कोरोना संक्रमितको […]