डब्ल्यूएचओले भन्यो : नेपालको अवस्था चिन्ताजनक

सदरलाइन संवाददाता १ जेष्ठ २०७८, शनिबार ११:४५
 

काठमाण्डौ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोना भाइरस सङ्क्रमणको अवस्था चिन्ताजनक अवस्थामा पुगेको जनाएको छ ।

डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले नेपालमा कोरोना महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताएका हुन् । निर्देशक गेब्रियसले भारतसँगै नेपाल, श्रीलङ्का, भियतनाम, थाइल्याण्ड लगायतका देशको अवस्था चिन्ताजनक भएको भन्दै अन्तर्राष्ट्रिय सहयोग चाहिएको बताए ।


नेपालमा अस्पताल भर्ना हुनुपर्ने बिरामी बढिरहेको र उनीहरुको लागि बेड र अक्सिजन नै उपलब्ध हुन नसक्ने अवस्था आएको भन्दै यसले अब थप जटिलताहरु आउने निर्देशक गेब्रियसले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

होम आइसोलेशनमा बसेकालाई विशेषज्ञ सेवा दिइने

१ जेष्ठ २०७८, शनिबार ११:४५
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले नेपाल चिकित्सक संघ भेरीको सहकार्यमा हरेक वडामा होम आईसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई विशेषज्ञ सेवा उपलब्ध गराउने भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको अनुरोधका आधारमा संघले नगरका सबै २३ वटै वडाका लागि चिकित्सकलाई जिम्मेवारी दिएको छ । उपमहानगरपालिकाको वडामा रहेका स्वास्थ्य फोकलपर्सनहरुले सुरुमा होम आईसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य […]