सदरलाइनडटकम,
डुडुवा (बाँके) : लकडाउनको मौका छोपी सीमानाकामा हुनसक्ने आवञ्छित गतिविधीलाई दृष्टिगत गर्दै सशस्त्र प्रहरीले सतर्कता बढाएको छ । सीमा गस्तीमा तीब्रता दिएको सशस्त्र प्रहरीले ६० हजार मूल्य बराबरको पान बरामद गरेको छ ।
बीओपी कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीको नेतृत्वमा गएको गस्ती टोलीले डुडुवा गाउँपालिका वडा नं. ६ स्थित हजरात सामुदायिक वनबाट दुई सय ढोली अर्थात् २० हजार पात पान बरामद गरेको हो ।
भारतबाट अवैधरुपमा नेपाल भित्र्याउन लागिएको उक्त पान आइतवार बिहान ६ बजे जंगलबाट बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । सशस्त्र प्रहरीको टोली देखेर तस्करहरु पान छाडेर भागेका थिए । बरामद गरिएको पान खाल्डोमा पुरेर नष्ट गरिएको उनले बताए ।
Next Post
बाजुराको आइसोलेशनमा बालिकाको मृत्यु
१८ जेष्ठ २०७७, आईतवार १३:२९
सम्बन्धित
-
८ जेष्ठ २०७९, आईतवार १७:०१
बाँकेका चार पालिका अध्यक्षहरुले गरे सपथ ग्रहण
-
२६ माघ २०७५, शनिबार १७:११
जनमतको आयोजनामा ६७ जनाद्वारा रक्तदान
-
१९ चैत्र २०७७, बिहीबार २०:०४
नरैनापुरमा हात्तिपाईलेबिरुद्धको आमऔषधि खुवाउने राष्ट्रिय अभियान तयारी तीब्र
-
६ फाल्गुन २०८०, आईतवार १७:४२
कोहलपुरमा विद्यार्थीले बनाए अटोचार्ज विद्युतीय मोटरसाइकल
-
८ असार २०७८, मंगलवार १६:१७
उद्योगी व्यवसायीद्धारा नेपालगञ्जमा प्रदर्शन