बर्दियामा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता २९ बैशाख २०८०, शुक्रबार १६:११
 

बर्दिया : बर्दियामा लागूऔषध मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दिया मधुवन न.पा.वडा नं.५ गाँउ नं.९ बस्ने बर्ष २२ को चन्द्र बहादुर हमाललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, बर्दिया जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ९ महिना कैद २०० रुपैयाँ पिडीत राहत कोष जरिवाना हमाल माथि तोकिएको थियो । त्यस पश्चात् उनी हालसम्म फरार रहेका थिए ।


हमाल लाई उनकै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थालेसेमिया रोगको निःशुल्क उपचार व्यवस्था मिलाउन माग

२९ बैशाख २०८०, शुक्रबार १६:११
नेपालगञ्ज : बालबालिकामा मात्र देखिने रक्त अल्पताजन्य रोग थालेसेमियाको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाउनु पर्ने पीडितहरुले माग गरेका छन् । शरीरमा बिस्तारै रगतको मात्रा कम हुँदै जाने र पटक पटक रगत चढाउनुपर्ने लगायत उपचारमा धेरै रकम खर्च हुने हुँदा गरिब र विपन्नले आफ्ना सन्तानको उपचार गराउन नसक्ने अवस्था रहेको भन्दै […]

सम्बन्धित