सदरलाइनडटकम,
नेपालगञ्ज : पश्चिम क्षेत्रको सबै भन्दा पुरानो अस्पताल भेरी अस्पताल बिकास समिति नेपालगञ्जको अध्यक्षमा प्रमोद धिताल नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गरि धिताललाई तीनवर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेका हुन । मन्त्रालयले आफुलाई भेरी अस्पतालको अध्यक्षमा नियुक्त गरेको पत्र बुधबार प्राप्त गरेको धितालले जानकारी दिए ।
कानुन ब्यवसायी पृष्ठभूमिका धिताल नेकपा तत्कालिन एमालेको उपसचिव हुँदै हाल नेकपा बाँकेको कार्यालय सदस्य हुन ।
विद्यार्थी राजनीति गर्दैं करिब चारदशकदेखि कम्युनिष्ट राजनीतिमा क्रियाशिल धिताल महेन्द्र बहुमुखि क्याम्पस नेपालगञ्जका पुर्व स्ववियु सभापति समेत हुन ।
यसै गरी समितिको सदस्यमा नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा उद्योग बाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ, स्वास्थ्यकर्मी तथा स्थानीय अगुवा धनिराम वलि र सरस्वती मल्ल नियुक्त भएका छन । धितालले अध्यक्षमा नियुक्त भएपछि अस्पतालका सुधारका लागि आफनो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए ।