बाँकेमा ८८ जना कोरोनामुक्त भई डिस्चार्ज

सदरलाइन संवाददाता १५ बैशाख २०७८, बुधबार १७:१६
 

नेपालगञ्ज : बाँकेमा कोरोनाबाट निको भई डिस्चार्ज हुने क्रम बढ्दै गएको छ । बाँकेमा बुधबार ८८ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ३७ महिला र ५१ पुरुष कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।


बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन केन्द्र तथा अस्पताल भरिभराउ भएका छन् । यद्यपी दैनिक ठुलो सँख्यामा कोरोना संक्रमणमुक्त भएका ब्यक्तिहरुलाई डिस्चार्ज गरेर घर फिर्ता पठाउने काम भईरहेको ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा ५० शय्याको अक्सिजन वार्ड तयार

१५ बैशाख २०७८, बुधबार १७:१६
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० शय्याको अक्सिजनसहितको आइसोलेशन केन्द्र तयार पारेको छ । कार्यबाहक नगरप्रमुख उमा थापा मगरका अनुसार, बिहिवारदेखि कोभिडका विरामीहरुको उपचार सुरु गर्ने गरि आईसोलेशन केन्द्र तयार पारिएको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा उप–महानगरपालिकाले आइसोलेशन वार्ड सञ्चालन गर्न लागेको कार्यबाहक नगरप्रमुख थापा मगरले […]