सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले मंगलवार गरेको नियमित पत्रकार ब्रिफिङमा यस्तो पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभरमा ९० जना कोरोनका नयाँ विरामी भेटिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।
नेपालगञ्ज उपमहाहनगरपालिका वडा नं. २ का २२ वर्षीय पुरुष, बाँकेको डुडुवा गाउँपालिका वडा नं. १ मा १ जना २० वर्षीय पुरुष, वडा नं. ३ मा २१, ३४ र ४० गरी ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी राप्तीसोनारीका २ र बैजनाथ गाउँपालिकाका १ जना थप संक्रमित भेटिएका छन् । यस्तै महोत्तरीमा २, जुम्लामा २, बारामा ३, रौतहटमा २२, सिरहामा ५ र धनुषामा १ जना कोरोनाका थप विरामी भेटिएको मन्त्रालयले जनाएको छ ।
यस्तै कपिलवस्तुमा २६, अर्घाखाँचीमा २, गुल्मीमा २, रुपन्देहीमा १, कैलालीका १, अछामका १, स्याङजाका २, सुर्खेतमा १२ जना नयाँ संक्रमित भेटिएको मन्त्रलायका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । हालसम्म १ सय ५५ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको प्रवक्ता देवकोटाले बताए ।