डिजिटल मिडियाका कारण जनता थप शक्तिशाली : मन्त्री पुन

१३ पुष २०७६, आईतवार १८:५१
 

सदरलाइनडटकम,
काठमाण्डौ : उर्जामन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले डिजिटल मिडियाका कारण जनतामा सूचनाको पहुच बलियो भएको बताएका छन् । प्रदेश ५ का पत्रकारहरुसँग काठमाण्डौमा भएको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
इन्टरनेटको विकास र सामाजिक सञ्जालको विस्तारका कारण समाजमा सूचना शक्ति बलियो बन्दै गएको भन्दै उनले यसले जनतालाई बलियो बनाउने जिकिर गरे । उनले यद्यपि यसमा सुधार गर्नुपर्ने ठाउँ धेरै रहेको औल्याए ।
गत आर्थिक बर्षमा देशमै ठूलो आर्थिक वृद्धि प्रदेश ५ मा भएको उल्लेख गर्दै मन्त्री पुनले यो महत्वपूर्ण शुरूवात भएको बताए । उनले ५ नं. प्रदेश राष्ट्रिय विकासको मध्यमा रहेकोले धेरै गर्न सकिने धारणा राखे ।
तीन बर्षमा सबै ठाउँमा बिद्युत पुर्याउने लक्ष्य रहेको जानकारी दिँदै मन्त्री पुनले यो सरकार बनेपछि चार सय मेगावाट विद्युत उत्पादन भएकोले उत्पादन र खपत दुबै बढेको बताए ।

Next Post

जाडो छल्न दाउरा र कम्बल वितरण

१३ पुष २०७६, आईतवार १८:५१
सदरलाइनडटकम, डुडुवा (बाँके) : केही दिनदेखि बढेको चिसो तथा शितलहरबाट बच्नका लागि डुडुवा गाउँपालिकाले दाउरा तथा कम्बल वितरणको कार्य शुरु गरेको छ । चिसोबाट बढी प्रभावित हुने गरीब, असहाय तथा विपन्न परिवार तथा जेष्ठ नागरिकहरुलाई चिसोबाट बच्नका लागि गाउँपालिका अन्र्तगत विभिन्न टोल तथा चोक चोकमा दाउरा वितरण गरि आगो ताप्ने […]