कांग्रेस नेतृत्वको गठबन्धन भत्काउदै एमालेसँग कै सहकार्यमा फर्किए प्रधानमन्त्री

सदरलाइन संवाददाता २१ फाल्गुन २०८०, सोमबार १६:४०
 

काठमाडौं : नेपाली राजनीतिमा फेरी नयाँ आयाम थपिएको छ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनलाई भत्काउदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुन एमाले गठबन्धनमा फर्किएको घोषणा गरेसँगै कांग्रेस नेतत्वको सत्ता गठबन्धन भत्किएको हो ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार सोमबारै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका हुन ।

नेताहरूका अनुसार आइतबार राति भएको दलहरूको छलफलमा कांग्रेससँगको गठबन्धन नरहने प्रधानमन्त्री प्रचण्डले नै सङ्केत गरेपछि एमाले र माओवादी नयाँ समीकरणको गृहकार्यमा बिहानैबाट जुटेका थिए । सोही अनुसार आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्न एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबिच छलफल हुँदैछ । स्रोतका अनुसार पुस १० को गठबन्धन ब्युँत्याउने प्रयास भए पनि राप्रपालाई सहभागी गर्ने नगर्नेबारे निश्चित भैसकेको छैन ।

एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमा सरकार आजै परिवर्तन हुने बताएपछि वर्तमान सत्ता गठबन्धनको सरकार भत्किएको प्रष्ट भएको छ । उनले सरकार आजै परिवर्तन हुने र मन्त्रीमण्डल पनि आजै गठन हुने बताएपछि नेपाली काँग्रेससहितका दल छुट्टाछुट्टै छलफलमा छन् ।


नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ भने नेकपा एमालेले पनि बिहान सचिवालय बैठक बोलाएको थियो । एमाले सचिवालय बैठकले वर्तमान गठबन्धन टुटेमा नयाँ ढङ्गले अगाडि बढ्न तयार रहेको निष्कर्ष समेत निकालेको थियो ।

यसैबीच एमाले बैठक सम्पन्न भएलगत्तै बालकोटमा एमाले अध्यक्ष ओली र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच छलफल भएको छ । जनता समाजवादी पार्टीको बैठक जारी छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले उत्पन्न राजनीतिक परिस्थितिबारे निर्णय गर्न सभापति रवी लामिछानेलाई जिम्मा दिएको छ ।

आज बिहान सत्ता गठबन्धनको बैठक आज बिहान बस्ने भनिए पनि कुराकानी नमिलेकै कारण बैठक स्थगित भएको थियो । स्रोतका अनुसार बालुवाटारमा आजै बिहान बसेको माओदावी केन्द्रको पदाधिकारी बैठकले भने वर्तमान सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ भने आजै सानो आकारको मन्त्रीपरिषद् गठन गर्ने निर्णय गरेको छ ।

नयाँ मन्त्रीमण्डल गठन हुँदा माओवादी केन्द्रसहित नेकपा एमाले, रास्वपा, जसपा पनि सरकारमा जाने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतका स्वास्थ्यकर्मीलाई सञ्चार अभिमुखीकरण

२१ फाल्गुन २०८०, सोमबार १६:४०
सुर्खेत : कर्णाली प्रदेशका स्वास्थ्यकर्मीलाई विपदको समयमा कसरी सही र आधिकारिक सूचना सञ्चार गरी जोखिम कम गर्ने भन्ने विषयमा दुईदिने अभिमुखीकरण आयोजना गरिएको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कर्णाली प्रदेशका जिल्ला जनस्वास्थ्य प्रमुख, पालिकाका जनस्वास्थ्य शाखामा कार्यरत संयोजक एवं अन्य स्वास्थ्यकर्मीका लागि जोखिम सञ्चार तथा सामुदायिक सहभागितासम्वन्धी […]