जीवन ज्योति स्कुलद्धारा स्वास्थ्य सामग्री सहयोग

सदरलाइन संवाददाता ३ आश्विन २०७८, आईतवार १७:२७
 

कोहलपुर (बाँके) : जीवन ज्योति स्कुलले कोहलपुर नगरपालिकालाई अक्सिजन उत्दपादन मेसिनसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

एक कार्यक्रमका विच जीवन ज्योति स्कुल परिसरमा कोहलपुर नगरपालिकाले संचालन गरेको आधारभूत अस्पताललाई उक्त स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा कोहलपुर नगरपालिका मेयर रावतले दातृ निकाय संगको सहकार्यमा जीवन जोति स्कुलले उपलब्ध गराइएको स्वास्थ्य सामाग्री जीवन उपयोगी हुने बताए ।


स्वास्थ्य सामाग्री अस्टिेलिया जनताको सहयोगमा शुभ अवसर ग्राम नेपालले जीवन ज्योति स्कुलमार्फत नेपालका ८ स्वास्थ संस्थाहरुलाई उपलब्ध गराएको कार्यक्रममा जानकारी गराइएको थियो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा अभिभावक स्थानीय समाजसेवि लगाएतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा दुई जनाको मृत्यु

३ आश्विन २०७८, आईतवार १७:२७
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके र दाङका रहेका छन् । उनीहरुको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रका अनुसार संक्रमणबाट खजुरा गाउँपालिका ४ बाँकेकी ७५ वर्षीया महिलाको मृत्यु भएको छ । उनलाई भदौं […]