सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पस प्रमुखको पुत्ला दहन

१ पुष २०७५, आईतवार १७:०९
 
तस्बिर : थाहाखबर ।

सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले क्याम्पस प्रमुखको आइतवार पुत्ला दहन गरेका छन् । विश्वविद्यालयको केन्द्रीय सिद्धनाथ क्याम्पसका प्रमुख भुपेन्द्र विष्टले मापदण्ड विपरीत करारमा गरेको प्रध्यापक र कर्मचारी भर्ना खारेजीको माग गर्दै पुतला दहन गरेका हुन् ।
अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा विप्लव समुह निकट विद्यार्थी संगठनमा आवद्ध विद्यार्थीहरुले क्याम्पस प्रमुखको पुत्ला दहनसंगै कुर्सी जलाएका छन् । प्रक्रिया नपुर्याई भर्ना गरिएका प्रध्यापक र कर्मचारी भर्नाको कार्य अविलम्ब सच्याउन माग गर्दै तीन दिनअघि ध्यानाकर्षण पत्रसहितको अल्टीमेटम दिएको अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष अर्जुन भट्टले बताए ।
विश्वविद्यालयका सबै कार्यालयमा लामो समयदेखि तालाबन्दी रहेको अवस्थामा झोलामा कार्यालय बोकेर नियुक्ति दिईएको उनको भनाई आरोप छ । माग पुरा नभए सोमवारदेखि प्रमुखलाई क्याम्पस प्रवेश निषेध गर्ने कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।

Next Post

पहिलो दिननै हर्न बजाउने बाह्र जना ट्राफिकको फन्दामा

१ पुष २०७५, आईतवार १७:०९
सदरलाइनडटकम, नेपालगञ्ज : हर्न निषेधित क्षेत्र घोषणा गरिएको नेपालगञ्जमा ट्राफिक प्रहरीले सवारीसाधनको हर्न बजाउने चालकहरुलाई कारबाही थालेको छ । हर्न निषेधित क्षेत्र घोषणा भएको मंसिर महिनाभर सचेतनामुलक कार्यक्रम गरेको ट्राफिक प्रहरीले पुष १ गतेदेखि हर्न बजाउनेहरुलाई कारबाही थालेको हो । आइतवार पहिलो दिन हर्न बजाउने १२ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा […]

ताजा अपडेट