भारत आफ्नो ७६औँ स्वतन्त्रता दिवस मनाउँदै

सदरलाइन संवाददाता ३० श्रावण २०७९, सोमबार १३:४०
 

काठमाण्डौ : भारतले सोमवार ७६औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

ब्रिटिसबाट स्वतन्त्र भएको ७५ वर्ष पूरा भएको अवसरमा भारतले आजको दिनलाई ‘स्वतन्त्रताको अमृत महोत्सव’ का रुपमा मनाइरहेको छ । दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा राष्ट्रिय झण्डा फहराए ।

स्वतन्त्रता दिवसका अवसरमा राजधानी नयाँ दिल्ली लगायत देशका मुख्य शहरहरुमा सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । लालकिल्लाको सुरक्षामा मात्रै १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।


भारतले स्वतन्त्रता दिवसको तयारी गरिरहँदा शुक्रबार दिल्ली प्रहरीले आनन्द विहार बस पार्क नजिकबाट २ हजार २ सयभन्दा धेरै पेस्तोलमा लाग्ने गोली बरामद गरेको थियो । साथै ६ जनालाई गिरफ्तार गरेको थियो । दिल्लीमा स्वतन्त्रता दिवस मनाइरहँदा शहरभर धारा १ सय ४४ लागू गरिएको छ ।

यो धारा लागु भए सहरमा सरकारले गरेको कार्यक्रम बाहेक ५ जनाभन्दा धेरै मानिस जम्मा हुन पाइँदैन। लालकिल्लाको ५ किलोमिटर वरपरको क्षेत्रमा चङ्गा उडाउनसमेत निषेध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बाँकेले निर्वाचन केन्द्रित कार्यक्रम गर्ने

३० श्रावण २०७९, सोमबार १३:४०
नेपालगञ्ज : नेकपा एमाले बाँकेले निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । नेकपा एमाले बाँकेको आईतवार सम्पन्न सचिवालय बैठकले प्रदेश तथा क्षेत्रीय कमिटीको बैठक र जिल्लास्तरीय प्रशिक्षण गर्ने निर्णय गरेको पार्टी अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिएका छन् । कार्यत्रलम अनुसार, केन्द्रीय सदस्य एवम् बाँके इन्चार्ज सूर्य ढकालको प्रमुख […]

सम्बन्धित