धनगढी प्रयोगशालामा ११० जना नेगेटिभ

२ जेष्ठ २०७७, शुक्रबार २०:३३
 

सदरलाइनडटकम,
कैलाली : धनगढीको प्रयोगशालामा गरिएको १ सय १० जनाको थ्रोट स्वावको परीक्षण नेगेटिभ आएको छ । कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र बझाङका समेत गरी १ सय १० जनाको थ्रोट स्वावको नमूना परीक्षण गर्दा नेगेटिभ आएको हो ।
सेती प्रादेशिक अस्पतालका मेडिकल रेकर्डर दिलीप श्रेष्ठले शुक्रवार जाँच गरिएका सबै नमूना नेगेटिभ आएको जानकारी दिए । उनले कैलालीका ४८, बझाङका १२, डडेल्धुराका ६, कञ्चनपुरका ७, काठमाण्डौंका १०, लमजुङको १, पर्सा २, बैतडीको १, बाँकेको १, जुम्लाको १, धादिङको १, सर्लाहीको १ जनाको थ्रोट स्वावको नमूना परीक्षण गरिएको बताए ।

Next Post

कोरोनाका नौ विरामी थपिए, संक्रमितको संख्या २६७ पुग्यो

२ जेष्ठ २०७७, शुक्रबार २०:३३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालमा कोरोना भइरसको संख्या बढ्दै गएको छ । कोरोजना भाइरसले उग्ररुप लिदै गएपछि नेपालमासंख्या बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ । जसमध्ये राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नेपालगञ्जमा […]