सदरलाइनडटकम,
कञ्चनपुर : केदालो प्रहार गरी कञ्चनपुरमा एक महिलाको हत्या भएको छ । लालझाडी गाउँपालिका १ का ५० वर्षीया बासमती रानाको कोदालो प्रहार गरी हत्या भएको हो ।
छिमेकी २५ वर्षीय निरज रानाले आपसी विवादमा सोमवार टाउकोमा कोदालो प्रहार गर्दा रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए ।
कोदालो प्रहार गर्ने निरजलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ ।
मृतकको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको छ ।
