बर्दियाको जब्दिघाट पुल मर्मत नगरिँदा स्थानीयलाई समस्या

सदरलाइन संवाददाता २३ मंसिर २०७९, शुक्रबार १३:०१
 

बर्दिया : बाढीले बगाएको ५ वर्ष बित्दा पनि जब्दिघाट पुल मर्मत गरिएको छैन । बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने उक्त पुल बाढीले बगाएपछि आवतजावतका लागि दुई पालिकाका स्थानीयवासीलाई सास्ती भएको छ ।

बाढीले क्षतिग्रस्त बनाएको पाँच वर्ष बित्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका ११ का रामगोपाल थारुले बताए ।


तरकारी फल्ने र बिक्री हुने यो मुख्य मौसम हो । मुख्य बजारनजिकै हुँदा पनि बजारसम्म तरकारी पु¥याउन पुल नहुँदा तरकारी खेतबारीमै कुहिन थालेको छ ।

अधिकांश गाउँमा हरियो तरकारी बारीमा लटरम्म फलेका छन् । तरकारी बिक्री हुने मुख्य गुलरीयाहाट बजार हो । त्यहाँ जाने बाटो छैन । भनेको बेला डुंगा पाइँदैन । काँक्रो, फर्सी, बन्दा, काउलीलगायत तरकारी टिपेर खेतमै थुपार्नु परेको बारबर्दिया–४ का किसान फक्ल सत्गौलाले बताए ।
१६ करोड ६८ लाख ४ हजार रुपैयाँमा बनेको पुल ०७४ साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले क्षतिग्रस्त जब्दिघाट पुल हस्तान्तरण नहुँदै भासिएको थियो । पछिल्लो समय उक्त पुल निर्माण गर्ने कम्पनीसँग क्षतिपूर्ति असूल गरी जब्दिघाटमा नयाँ पुल निर्माण गर्न मंसिरभित्रै बोलपत्र खोलिने बर्दिया १ का नवनिर्वाचित सांसद सञ्जय गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा रोकिएन बालविवाह

२३ मंसिर २०७९, शुक्रबार १३:०१
सुर्खेत : कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७८÷७९ मा सुत्केरी हुन नसकेर १७ जना महिलाको मृत्यु भएको छ । त्यसमध्ये पाँच जना २० वर्षमुनिका थिए । कर्णाली प्रदेशमा बालविवाहका कारण कलिलै उमेरमा आमा बन्दा ज्यान नै जोखिममा पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य शाखाकी कम्युनिटी नर्सिङ […]