वडा कार्यालयको ताला १३ दिनपछि खुल्यो

३२ श्रावण २०७६, शनिबार १६:४९
 

सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा ९ को कार्यालयमा गरिएको तालाबन्दी १३ दिन पछि खुलेको छ । वडा कार्यालयमा तालाबन्दी गर्ने नेपाली कांग्रेसका कार्यकर्ता र वडा कार्यालय विच चार बुँदे सहमती भएपछि तालाबन्दी खुलेको हो ।
लामो समयसम्म वडा कार्यालयमा तालाबन्दी हुँदा सेवा प्रवाहमा पर्न गएको असरप्रति क्षमायाचना गर्दै दुवै पक्षले तालाबन्दी खोल्ने बारे सहमती पत्रमा हस्ताक्षर गरेका छन् । वडाका योजना तर्जुमा गर्दा भएको त्रुटी प्रति संवेदनशिल हुँदै आगामी आर्थिक बर्षको योजना तर्जुमामा सबै सहभागी हुन सक्ने गरी सुचना प्रवाह गर्ने, आन्दोलित पक्ष संग छलफल गरी छुटेका योजना नगरपालिका मार्फत सात दिनभित्र सम्बोधन गर्ने सहमती भएको मेयर कर्णबहादुर हमालले बताए ।
उनका अनुसार आगामी योजना तर्जुमा गर्दा प्राथमिकरण गरी सबै बस्तीमा समान वितरणको सिद्धान्तका आधारमा गर्ने र विनियोजित योजना निर्माणका लागि उपभोक्ता समिति गठन गर्दा स्थानिय शासन सञ्चालन ऐन २०७४ बमोजिम गठन गर्ने सहमती भएको छ । नगर प्रमुख हमालको उपस्थीतिमा सहमती पत्रमा वडा कार्यालयका तर्फ वाट वडा अध्यक्ष छत्रबहादुर महरा र नेपाली कांग्रेसका वडा कार्य समिति सभापती घनश्याम जोशीले हस्ताक्षर गरेका छन् ।
नेपाली कांग्रेसका कार्यकर्ताहरुले वडा अध्यक्षले मनोमानी तरिकाले वडामा योजना सञ्चालन गर्दै आएको आरोप लगाउँदै साउन १९ गते तालाबन्दी गरेका थिए ।

Next Post

सामाजिक अभियान्त उपाध्याय टर्की भ्रमणमा

३२ श्रावण २०७६, शनिबार १६:४९
सदरलाइनडटकम, खजुरा (बाँके) : पूर्णचन्द्र उपाध्याय जो सबैका मामा भनेर चिनिन्छन् । एक सशक्त सामाजिक अभियान्ता पूर्णचन्द्र लामो समयदेखि महिला, बालबालिका तथा श्रमिकका क्षेत्रमा काम गर्दै आएका छन् । उनै पूर्णचन्द्र ५ दिने एक महत्वपूर्ण भ्रमणमा निस्किएका छन् । मानव तस्करीमा परेका तथा अवैधरुपमा वैदेशिक यात्रामा निस्किने नेपाललगायत कुनैपनि देशका […]