बाँकेका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

१ जेष्ठ २०७७, बिहीबार १४:२०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाइरसबाट सुरक्षित रहनका लागि बाँकेका पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले बिहीवार कार्यालय परिसरमा पुगेका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो ।
नेपालमा समेत कोरोना भाइरस (कोभिड–१९)को महामारीको बढ्दै गएको अवस्थामा पत्रकारहरु पनि उच्च जोखिममा रहेकाले सुरक्षित हुनका लागि स्वास्थ्य सामग्री बितरण गरिएको नेपालगञ्जकी उपमयेर उमा थापामगरले जानकारी दिइन् ।
बर्तमान महामारीको समयमा पत्रकारहरु पनि कोरोना भाइरसबिरुद्धको लडाईमा प्रत्यक्षरुपमा खटिने भएको हुँदा उनीहरु पनि जोखिममा रहेको भन्दै उपमेयरर थापामगरले जोखिम मोलेर फिल्डबाटै रिपोर्टिङ्ग गर्नुपर्ने भएकोले सुरक्षा सामग्री प्रदान गरिएको बताइन् ।
उपमहानगरपालिकाले बाँकको करीब ६५ बढि पत्रकारहरुलाई मास्क, स्यानिटाइजर र एनसेलको सिम बितरण गरेको जनाएको छ । यद्यपि नेपालगञ्जमा पाँच जना पत्रकारको जाँच गरिएको परिक्षण रिर्पोट नेगेटिभ आएको छ । तर पत्रकारहरुले पाँच जनाको मात्रै नभएर फिल्डमा निरन्तर खटिरहेका सबैको स्वास्थ्य जाँच गराउन आवश्यक रहेको माग गरेका छन् ।

Next Post

खजुरामा क्वारेन्टाइन निर्माण तीब्र

१ जेष्ठ २०७७, बिहीबार १४:२०
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले विदेश वा भारतबाट फर्किन सक्ने मानिसको व्यवस्थापनका लागि धमाधम क्वारेन्टाइन निर्माण गरिरहेको छ । खजुरामा ३ हजार बढी मानिस देश बाहिर रहेकोमा उनीहरू आउँदा कोरोनाको जोखिम हुन नदिइ सुरक्षित तरिकाबाट व्यवस्थापन गर्न तयारी थालिएको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । कोरोना […]