स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम

सदरलाइन संवाददाता ३ भाद्र २०७९, शुक्रबार १५:३७
 

दाङ : नेपाल महिला सामुदायिक सेवा केन्द्रले संस्थाको २९ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । वि.स २०५० भदौ ३ गते स्थापना भएको संस्थाको २९ औँ स्थापना दिवशको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।

जसमा २९ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा शान्ता कुमारी खनाल, नमराज अधिकारी, दामोदर खनाल, पवन योगी, छवि पुरी, चतुरमान चौधरी, खीमराज चौधरी, कमल पोख्रेल, बमबहादुर खड्का, पार्वति बस्नेत, गोपीराम पुरी, प्रयुष योगी, सम्भव डिसी, सन्दिप डिसी, बसन्ता बस्नेत, विष्णु भण्डारी, युवराज सुनार, अर्जुन सेर्पाईली, सन्दिप गोराथोकी, शारदा पुरी, माधवप्रसाद तिमल्सीना, सरद पौडेल, प्रज्वल डिसी, रमेश गौतम, समीर भुषाल, लक्ष्मी गुप्ता, लक्ष्मी ढकाल, अम्भीका वली, सरस्वति चौधरीले रहेका छन् ।

संस्थाका उपाध्यक्ष विष्णु गिरीको अध्यक्षता तथा संस्थाका कानुनी सल्लाहकार सुष्मा गौतमको प्रमुख आतिथ्य एवम् संस्थाका संस्थापक अध्यक्ष बिमला योगीको विशिष्ट आतिथ्यमा रक्तदान कार्यक्रम भएको थियो ।


स्थापना दिवसमा हरेक वर्ष रक्तदान गर्दै आएको संस्थाले सामाजिक, आर्थिक क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले सामाजिक र आर्थिक उत्थानका लागि संस्थाले स्थापना कालदेखि समाजका विभिन्न क्षेत्रमा भुमिका निर्वाह गर्दै आएको हुँदा धेरैको जीवन बदल्न सम्भव भएको बताए ।

संस्थाकी कोषाध्यक्ष देवा जिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव शिवा योगीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महेन्द्र पुस्तकालयले मनायो अमृत महोत्सव

३ भाद्र २०७९, शुक्रबार १५:३७
नेपालगञ्ज : नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो.इस्तियाक राईले महेन्द्र पुस्तकालयलाई व्यक्तिगत ३ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । पुस्तकालयको अमृत महोत्सबलाई शुक्रवार नेपालगञ्जमा सम्बोधन गर्दै मन्त्री राईले पुस्तकालयको स्तरोन्नतिका लागि आफूले तत्काल ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दै स्थानीय, प्रदेश र केन्द्र सरकारबाट आवश्यक सहयोगका […]