नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज

सदरलाइन संवाददाता २ चैत्र २०७८, बुधबार १९:२२
 

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गरेको छ ।

कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले रिट खारेज गर्ने फैसना सुनाएको हो ।


ओली सरकारले ९ जेठ २०७८ मा नागरिकता आध्यादेश ल्याएको थियो । तर सर्वोच्चले २७ जेठमा अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो ।

रिट निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नागरिकता अध्यादेशको कानुनी हैसियत समाप्त भइसकेकाले रिट निवेदन खारेज गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहाडी तथा हिमाली क्षेत्रमा बिहीवार फागुपूर्णिमा मनाईंदै

२ चैत्र २०७८, बुधबार १९:२२
नेपालगञ्ज : पहाडी तथा हिमाली क्षेत्रमा बिहीवार फागुपूर्णिमा मनाईंदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागुपूर्णिमा मनाइन्छ । फागुपूर्णिमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एकापसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मीठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ । किम्बदन्तीका अनुसार त्रेता […]

ताजा अपडेट