किराना तथा खाद्य व्यवसायी संघको अपील

२९ बैशाख २०७७, सोमबार १६:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : किराना, खाद्यान्नलगायत अत्यावश्यक पसल खोल्नका लागि बाँके प्रशासनले दिएको समयावधी नपुग्दै प्रहरीले बन्द गर्न दबाव दिँदै आएको प्रति नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघले ध्यानाकर्षण भएको जनाएको छ ।
लकडाउन पालनाका लागि जिल्ला प्रशासन कार्यालय बाँकेबाट प्राप्त निर्देशनहरुको संघले सधै कार्यान्वयन गर्दै आएपनि प्रहरीले माथिको आदेश भन्दै एक–दुई बजेनै पसल बन्द गराउने भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
सर्वपक्षीय बैठकको सहमति अनुसार बैशाख २५ गते जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरि किराना, खाद्यान्न लगायतका अत्यावश्यक पसल बैशाख २६ गतेबाट विहान ११ देखि दिउसो ३ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेपछि दैनिक उपभोग्य वस्तुहरुको बिक्रि वितरण गर्ने किराना तथा खाद्यन्नका पसलहरु सञ्चालनमा आईरहेका छन् ।
पसल सञ्चालकले सामाजिक दुरी पालना गर्दै गराउँदै कारोबार गर्दै आईरहेको संघले जनाएको छ । केही सुरक्षाकर्मीले माथिको आदेश भन्दै दिउँसो १÷२ बजे नै अत्यावश्यक पसल बन्द गराउन दबाब दिने, किराना तथा खाद्यान्न सामग्री बोकेका सवारी साधनलाई सडकमा अवरोध पुर्याउनेप्रति गम्भिर ध्यानाकर्षण भएको संघका अध्यक्ष फणाधर भण्डारी र महासचिव टोपबहादुर थापाद्वारा जारी विज्ञप्मिा भनिएको छ ।
आगामी दिनमा प्रशासनको निर्देशानुसार विहान ११ देखि दिउँसो ३ बजेसम्म अत्यावश्कीय पसल निर्वाध सञ्चालन गर्न दिन र किराना तथा खाद्य सामग्री बोकेका सवारी साधनलाई निर्वाध सञ्चालन हुने व्यवस्था मिलाई दिन स्थानीय प्रहरी प्रशाससँग संघले माग गरेको छ ।

Next Post

सुरक्षा समिति बाँकेद्वारा सीमा क्षेत्रको अनुगमन सुरु

२९ बैशाख २०७७, सोमबार १६:३२
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपाल भारत सीमा क्षेत्रबाट लुकिछिपी नेपाल प्रबेश हुन नदिन स्थानीय प्रशासनले सीमा क्षेत्रको निगरानीलाई कडाई गरेको छ । कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको कारण सीमा क्षेत्र शिल हुँदा सीमा क्षेत्रको आवागमन ठप्प भएपनि अनाधिकृत तरिकाले कोही पनि आवत जावत गर्न नपाओस भनेर सीमा […]

ताजा अपडेट