दाङमा भ्रष्टाचारसम्बन्धी उजुरी बढ्दै

सदरलाइन संवाददाता १६ चैत्र २०७८, बुधबार १४:११
 

नेपालगञ्ज : दाङमा भ्रष्टाचारसम्बन्धी उजुरी बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारले सार्वजनिक गरेको प्रतिवेदनअनुसार दाङमा चालु आर्थिक वर्षमा १ सय २२ वटा भ्रष्टाचारका उजुरी परेका छन् ।

गत आर्थिक वर्षमा ९४ वटा उजूरी परेका थिए । दुई वर्षको अवधिमा २ सय १६ वटा उजूरी परेकोमा गत वर्ष २५ वटा उजुरी फर्छ्यौट भएको र चालु आर्थिक वर्षमा ७१ उजूरी फर्छ्यौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख विजयराज पौडेलले जानकारी दिए ।


अब १ सय २० वटा उजुरी फर्छ्यौट हुन बाँकी छन् । अख्तियारले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनसम्बन्धी घोराहीमा आयोजना गरेको कार्यक्रममा स्थानीय तहमा समेत भ्रष्टाचारको उजुरी पर्ने क्रम बढ्दो रहेको सार्वजनिक गरिएको छ ।

दाङका १० स्थानीय तहमा दुई आर्थिक वर्षमा ८७ वटा उजुरी परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित सुर्खेतमा एकजना पक्राउ

१६ चैत्र २०७८, बुधबार १४:११
नेपालगञ्ज : सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । बुधबार बिहान ११ बजेको वीरेन्द्रागर–१० बसपार्क नजिक रहेको एक होटलबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त होटल अगाडी संकास्पद रुपमा बसिरहेको अवस्थामा बराहताल गाँउपालिका–१० ओदालताल २४ वर्षीय मुकेश सिजालीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी […]