खजुरा गाउँपालिकामा दोस्रो मेयर रनिङ शिल्डको तयारी पूरा

२३ पुष २०७६, बुधबार १९:४१
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : आगामी पुस २५ देखि बाँकेको खजुरा गाउपालिकाको आयोजनामा सञ्चालन हुने दोस्रो मेयर रनिङ शिल्डको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
शिक्षा, स्वास्थ्य र खेलकूद खजुराको शान, विविधतामा एकता हाम्रो पहिचान भन्ने मूल नाराका साथ खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा हुने अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिताबारे पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।
प्रतियोगिता बारे जानकारी दिदै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले प्रतियोगिताबाट छनौट हुने खेलाडी जिल्लास्तर र राष्ट्रपति रनिङ शिल्डमा भाग लिने बताए ।
व्यवस्थापनको जिम्मेवारी पाएको अमर मावि गौतमबस्ती व्यवस्थापन समितिका अध्यक्ष डम्बर विक तुफानले रनिङ शिल्ड प्रतियोगिताको सबै तयारी पूरा भएको बताउँदै प्रतियोगिताबाट उत्पादन हुने खेलाडी खजुरालाई आगामी खेल क्षेत्रमा अगाडि बढाउने र चिनाउने गहनाको रुपमा हुने उल्लेख गरे ।
पुस २५ गतेदेखि २९ गतेसम्म ५ दिन संचालन हुने प्रतियोगितामा खजुरा क्षेत्रका ६५ विद्यालयले सहभागिता जनाउने छन् । प्रतियोगितामा मा.वि.(कक्षा ९­१२), आधारभूत तह (कक्षा १­८) र आधारभूत तह (कक्षा १­५) मा अध्ययनरत क्रमशः १८ वर्ष, १४ वर्ष र १२ वर्ष मुनिका सामुदायिक, संस्थागत र मदरसा गरी ६५ विद्यालयका १ हजार ४०६ विद्यार्थीहरुको सहभागिता रहनेछ ।
आधारभूत तह (कक्षा १­५) का लागि बालमैत्री खेलहरु खेलाइने छ । मा.वि तर्फ एथलेटिक्स, भलिवल, कपड्डी, मार्शल आर्ट र चेस खेलका ३३ इभेन्ट्स, आधारभूत तह कक्षा (६­८) तर्फ एथलेटिक्स, कपड्डी, मार्शल आर्ट र चेस खेलका २५ इभेन्ट्स तथा आधारभूत तह कक्षा १­५ तर्पm लङजम्प, रिले १०० मि.दौड, चम्चा दौड ३० मि. र कुर्सी दौड खेलका ७ इभेन्ट्स गरी जम्मा ६५ ओटा खेलहरु राखिएका छन् ।
प्रतियोगिताका प्रथम, द्धित्तीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरुलाई मा.वि.तर्फ क्रमशः २० हजार , १० हजार र ७ हजार, आधारभूत तह १० हजार, ७ हजार ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । यसैगरी आधारभूतमा प्रथम, द्धित्तीय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्र«फी प्रदान गरिने सचिवालय संयोजक यमनारायण महतोले जानकारी दिए ।
खेल अवधिभर खेल मैदानलाई व्यवस्थित गर्न गरुाँस मा.वि. प्र.अ डिवी तामाङलाई फिल्ड मार्शल र अम्वेमाता आधारभूत विद्यालयको प्र.अ. अम्विका थापालाई सहायक फिल्ड मार्सल तोकिएको छ ।
वडा नं. २ का अध्यक्ष देविलाल खनालको संयोजकत्वमा बनेको सुरक्षा समितिले सुरक्षा प्रबन्धका लागि नेपाल प्रहरीको सहकार्यमा सुरक्षा व्यवस्थालाई भरपूर बनाइएको वडाध्यक्ष खनालले बताए ।
शिक्षा समिति सदस्य भक्तबहादुर केसीले खेलमा प्राविधिक कुरालाई मध्यनजर गर्दै खेलका प्रशिक्षकहरुलाई त्यसको जिम्मेवारी तोकिएको बताए ।
खजुरा गा.पा.मिश्रित जातजाति र धर्मावलम्वीहरुको बसोवास क्षेत्र रहेकोले धार्मिक सद्भावको प्रतिकको रुपमा मेयर रनिङ शिल्ड खेलकूदको लोगोमा विविध धर्मका धार्मिक स्थलहरु अंकित गरिएको छ ।
त्यसैगरी खजुरा गाउँपालिकाको वडा नं. ६ गिजरा सामुदायिक वनमा पाइने विश्वकै लोपोन्मुख जनावर हुँडार (हाइना) लाई प्रतिक चिन्ह (मस्कट) को रुपमा राखिएको छ । शिक्षा, स्वास्थ्य र खेलकूद एकअर्काका परिपूरकका रुपमा रहेकाले र खजुरा गा.पा. विविध जातजाति एवं भेषभुषा र संस्कृतिले सजिएको झाँकी प्रस्तुत गरिने स्रोत शिक्षक टंक दाहालले जानकारी दिए ।

Next Post

सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ : मन्त्री अर्याल

२३ पुष २०७६, बुधबार १९:४१
सदरलाइनडटकम, ललितपुर   : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छन् । उनले राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं वार्षिक साधारणसभालाई विहिबार ललितपुरमा सम्बोधन गर्दै सो कुरा बताएकी हुन । मन्त्री अर्यालले सहकारी अब विकासको दिशातर्फ जानुपर्ने भन्दै उद्यमशिलता, व्यवसायिकतामा […]

सम्बन्धित