वडानं. ४ मा सरसफाईसंगै डस्टवीन वितरण

२० बैशाख २०७५, बिहीबार १८:४२
 

सदरलाइनडटकम
२० बैशाख, नेपालगन्ज : सरसफाई अभियानलाई सचेतनामुलक बनाउदै नेपालगन्ज उप–महानगरपालिका वडान ४ मा सरसफाई गरिनुका साथै फोहर व्यवस्थापनका लागि सडकपेटीमा डस्टवीन राखीएको छ ।
सो वडाका वडा अध्यक्ष मो सफिक वेहनाले घोसीटोलमा कुचो लगाएर सरसफाई शुभारम्भ गरेको कार्यक्रम वडा समितिको कार्यालयले केश संस्थासँगको सहकार्यमा बिहीबार घोसीटोलदेखि सल्यानीबंगला टिवी अस्पतालसम्मको सडक किनारमा सरसफाई गरेको हो ।
उनले फोहर व्यवस्थापनका लागि स्वयं स्थानीय जागरुक हुनुपर्ने आवश्यक्ता औल्याउदै फोहर व्यवस्थापनको लागि केशद्वारा प्रदानीत ६ वटा डस्टवीन पनि सडकमा राखिएको बताए ।
स्थानीयले फोहर मलाई लेखिएको डस्टवीनमा फोहर राख्नुपर्ने साथै वडा कार्यालयले डष्टवीनको दुरुपयोग गर्ने र फोहर यत्रतत्र छर्नेलाई कारवाही पनि गर्ने बताए ।
केश संस्थाका अध्यक्ष बालिकादेवी रावतले सरसफाईका लागि सबैको सामुहिक साथ चाहिएको भन्दै आफुले उत्पादन गरेको फोहर डस्टवीनमा राखीदिन अपील गरिन ।
यस्तै उप–महानगरपालिकाका सरसफाई तथा बातावरण इन्जिनियर प्रकाश डीसीले सरसफाईका लागि स्थानीय यूवा, विभिन्न क्लवको सहकार्य जरुरी रहेको भन्दै फोहर व्यवस्थापनमा जोड दिए ।


 

Next Post

सदरलाइन विस्तारको पक्षमा अदालतको आदेश

२० बैशाख २०७५, बिहीबार १८:४२
सदरलाइनडटकम २० बैशाख, नेपालगन्ज ;  उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलाशले नेपालगञ्जको विकास निर्माणको निरन्तरतालाई अगाढी बढाउन आदेश दिएको छ । नेपालगञ्जको मुख्य बजार सदरलाइन सडक निर्माण तथा विस्तार मापदण्डको सीमा नाघेर, आफनो घर जग्गामा क्षती पुग्ने दावीसहित वैसाख १४ गते दायर निषेधाज्ञासमेतको मुद्धामा आज बीहीबार न्यायाधिशद्धय गुणराज ढुंगेल र खुसी प्रसाद […]