जनताको सेवामा सधै दास बनेका रामदासका यस्ता छन योजना

सदरलाइन संवाददाता १५ बैशाख २०७९, बिहीबार १६:२३
 

 

राप्तिसोनारी (बाँके) :  आगामी बैशाख ३० गतेका दिन सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बाँकेको राप्तीसोनारी गाउपालिकामा रामदास थारुको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ ।

विक्रम संवत २०१६ सालमा बुवा बाजीराम थारु र आमा बेचनी थारुको कोखबाट जन्मिएका रामदास २०३६ सालबाट राजनीति र सामाजिक सेवामा प्रवेश गरेका हुन् । थारु समुदाय त्यो पनि बाँकेको बिकट मानिने पालिकामा जन्मिएर हुर्किएका उनी निकै सरल स्वभावका छन् ।

सानै उमेरदेखि राजनीति र समाजसेवामा खारिएका रामदास २०४३ सालमा पञ्चायती व्यवस्थामा जनपक्षीय उम्मेद्बार भएर वडामा निर्वाचित भएका थिए । त्यो बेला निर्वाचित हुँदा २७ बर्षको अल्लारे थिए त्यो बेलाको जोशजाँगर र उत्साहमा अहिले पनि कमि भएको छैन ।

उनी २०४६ सालमा नेकपा एमालेको गाउँ कमिटीको सदस्यमा आवद्ध भएदेखि निरन्तर पाटी भित्रका सक्रिय योद्धाको रुपमा परिचित छन् । उनी गाउँ कमिटी सदस्य भए लगत्तै २०४७ सालमा इलाका कमिटी इन्चार्ज २०४९ सालमा जिल्ला कमिटि सदस्य र २०४९ सालको स्थानीय तहको चुनावमा साबिकको कचनापुर गाबिसबाट अध्यक्षको रुपमा निर्वाचनमा होमिएर झिनो मतले पराजित भएका थिए । यस्तै २०५१ सालमा बाँके क्षेत्र नम्बर १ को इन्चार्ज भएर काम गरे भने २०५७–२०६० सालमा नेकपा एमालेको कार्यलय सचिव भए पार्टी अनि संगठन निर्माणमा लागिरहे ।

उनको राजनीति अनि समाजसेवाको मोहले गर्दा उनीलाई २०५४ सालको स्थानीय निर्वाचनमा पुनः गाबिस अध्यक्षको रुपमा उम्मेद्बार बनाइयो त्यो बेलापनि उनी थोरै मतले पराजित भएका थिए । उनी अन्य पार्टीसङ्गको राजनीति प्रतिस्पर्धामा पराजित भए पनि जनताको सेवा गर्न अनि सामाजिक कार्यमा अनि जनताको नजरमा कहिले पनि पराजित भएनन् ।

यस्तै २०६४ सालको संविधान सभाको चुनावमा उनीलाई समानुपातिक उम्मेद्बारको रुपमा उठाइएको थियो उनीले त्यो बेला अत्याधिक मत पाए पनि उनी पद पाउने स्थानमा पुग्न सकेनन् । उनले हारे पनि पद नपाएपनि राजनीति र निरन्तर लागिरहे फलस्वरूप उनलाई २०७० सालको दोस्रो संविधान सभाको चुनावमा उनिलाई फेरि समानुपातिक उम्मेद्बारको रुपमा उठाइयो त्यो बेला उनी आफ्नो पाटिलाई चुनाव जिताउन पुर्ण रुपमा सफल भए तर, उनी आफू सफल भएनन उनी भन्छन–‘म पार्टीलाई जिताउन निरन्तर लागिरहे मेरा पाइला कहिले लडबडिएन । साच्चै राजनितिमा थकान भन्ने शब्दनै नहुने रहेछ म आजको दिनसम्म आइपुग्दा पनि त्यो थकान कहिले महसुस गरिन जबसम्म म जनताको सेवामा खटिरहनेछु त्यो दिनसम्म थाक्ने छैन म गाउँ समाज अनि पार्टीलाई हाक्ने छु ।’


उनी राजनीति मा मात्रै नभैइ सामाजिक कार्यमा पनि उतिकै लगनशिल र सक्रिय छ्न उनी लक्ष्मी माबि मदुुईको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रहिरहदा विद्यालयमा कृषिधारको प्राविधिक बिषय ल्याउन सफल भए । ‘राप्तिसोनारी गाउँपालिका कृषि क्षेत्रमा निकै सम्भावना बोकेको पालिका भएको हिसाबले पनि यहीँ कृषि शिक्षाको एकदमै आवस्यकता थियो मैले त्यो आवश्यकतालाई आफ्नो जिम्मेवारी ठानेर कृषि बिषय ल्याउन सफल भए’–उनले भने ।

रामदास पदमा नहुदा पनि आफ्नो पहलमा जिरो माथेबासबाट शम्शेरगञ्ज जिरो निस्कने १७ किलोमीटर सडक कालोपत्रे गर्न सफल भएको र अब आफुले निर्वाचन जिते लगत्तै ५ किलोमीटर बाँकि रहेको अधुरो योजना पूरा गर्ने बताए ।

पार्टी अनि जनताप्रती एकदमै इमान्दार, लगनशिल र कर्तव्यनिष्ठ भएर छल, कपट, बेईमान नभएका जनताप्रति सधै सरल र मिठास बोली भएका नम्र स्वभावका धनी रामदास राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा उनलाई नेकपा एमालेले उमेद्वार बनाएको छ ।

रामदास भन्छ्न–‘म जनताको सेवामा सधै दास बन्न तयार छु । म सोझो थारुको छोरोलाई नेकपा एमालेले एकदमै न्याय गरेको छ मेरो कामलाई पार्टीले मूल्याकंन गरेको छ म एकदमै खुसी छु । मैले चुनाव जितेर गएपछी मेरो पहिलो प्राथमिकताको बिषय भनेको समृद्ध राप्तिसोनारी अनि सुखी राप्तिसोनारीबासी हुनेछ ।’

उनले पञ्चायत कालदेखि गर्न नसकेको काम अबका दिनमा पूरा गर्ने, सामाजिक काम गर्दागर्दै पनि कतिपय काम पद बिहिन भएकै कारण पूरा गर्न नसकिने भएकोले आफु आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा होमिएको बताए ।

उनले आफु निर्वाचित भएपछि राप्तिसोनारी गाउँलालिकालाई सडक सन्जालमा सहजै जोड्ने, भौतिक पुर्वाधार बिकास गर्ने, कृषिलाई आधुनिकिकरण गर्ने, प्रकृति र सस्कृती सरक्षण बिकासका लागि पर्या– पर्यटनको प्रबर्द्धन गर्ने, स्वास्थ शिक्षा र खानेपानीलाई सर्वसुलभ बनाउने कचनापुर र बिनौना जोड्ने पुलको अधुरो काम पूरा गर्ने, टिकुलीपुर र ढलैया जोड्ने झोलुङ्गे पुल अनि धामपुर र खोरिया जोढ्ने झोलुङ्गे पुलको लागि पहल गर्ने प्रतिबद्धता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेशसभा सदस्यबाट राजीनामा दिने मल्लको घोषणा

१५ बैशाख २०७९, बिहीबार १६:२३
डडेलधुरा : सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्लले राजीनामा दिने भएका छन् । नेपाली कांग्रेसले पार्टीबाट निस्कासन गरेपछि मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका हुन् । बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे मल्लले भने, ‘राणाकालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गणका हाकिम हटाएझैं पार्टीको विधिविधान कुल्चेर मलाई दोस्रो पटक कांग्रेसको […]

सम्बन्धित

ताजा अपडेट