जाजरकोट : जाजरकोटमा दादुराका बिरामी भेटिएका छन् । नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँमा दादुराका बिरामी फेला परेका हुन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबालिकाको नमुना सङ्कलन गरी जाँच गर्दा थप दुईमा दादुरा सङ्क्रमण पुष्टि भएपछि अवस्था गम्भीर देखिएको भेरी नगरपालिकाको स्वास्थ्य शाखाका दीपक ओलीले बताए ।
शुक्रवार मात्र प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेत, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र भेरी नगरपालिका स्वास्थ्य शाखाबाट संयुक्तरूपमा स्थलगत अनुगमन गरिएको छ । स्थ्य सेवा कार्यालयले बर्सेनि दादुराविरुद्धको खोप लगाउने गरे पनि त्यो अभियान पूरै असफल भएको स्थानीयवासी बताउँछन् ।
अन्यत्र पनि जाँच नहुँदा थाहा हुन नसके पनि दादुरा सुरुवा रोग भएकाले यसलाई समयमै उच्च सावधानी अपनाउन नसके अवस्था जटिल भएर जाने ओलीले जानकारी दिए ।