पाकिस्तानमा आत्मघाती विष्फोट, ४ जनाको मृत्यु, ४ घाइते

सदरलाइन संवाददाता १४ बैशाख २०७९, बुधबार १५:२६
 

काठमाण्डौ : पाकिस्तानको कराँचीमा भएको आत्मघाती बम विस्फोटमा ३ चिनियाँसहित ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाकिस्तानस्थित कन्फुसियस केन्द्रका निर्देशक र अन्य दुई जना चिनियाँ भाषाका शिक्षक रहेका छन् । उनीहरुलाई लिएर गईरहेको भ्यानका चालक पाकिस्तानी नागरिकको पनि मृत्यु भएको छ । घटनामा ४ जना घाइते भएका छन् । आत्मघाती विस्फोट गराउने ब्यक्ति महिला रहेको खुलासा भएको छ ।

पाकिस्तानको पृथकतावादी बलुच लिवरेशन आर्मी बीएलएले घटनाको जिम्मेवारी लिएको छ । पाकिस्तानमा बढ्दो चिनियाँ लगानीप्रति विरोध हुन थालेका बेला चिनियाँहरुलाई लक्षित गरी यो विष्फोट भएको हो ।


सो समूहले पाकिस्तानमा हालसम्म गरेको आक्रमणमा महिला आत्मघाती प्रयोग गरेको भने पहिलो पटक हो । यसैबीच पाकिस्तानस्थित चिनियाँ दूतावासले घटनाप्रति खेद प्रकट गर्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ ।

पाकिस्तान सरकारले पाकिस्तानी इतिहासको कायरतापूर्ण घटना भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितुवाको छालासहित सुर्खेतमा तीन पक्राउ

१४ बैशाख २०७९, बुधबार १५:२६
नेपालगञ्ज : सुर्खेतको वीरेन्द्रनगरबाट चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार दिउँसो २ बजे वीरेन्द्रनगर–१० बसपार्कबाट पक्राउ गरेको हो । उनीहरुलाई बसपार्क स्थित सुनिता होटेल एण्ड लजको दोस्रो तलाको ४ नम्बर कोठाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुम्लाको सिँजा गाउँपालिका–८ हाल सुर्खेतको […]