निषेधाज्ञा शिल गरिएको ठाउँमा मात्र, लकडाउन कडाई हुने हेर्नुहोस विज्ञप्ती 

२५ बैशाख २०७७, बिहीबार १९:०९
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  बाँके प्रशासनले गत मंगलबार बिहान ११ बजेदेखि लगाएको निशेधाज्ञा बिहीबार राती १२ बजेदेखि सकिने र अब शिल गरिएको स्थानमा मात्र निशेधज्ञा लागू हुनेछ । यद्यपी सरकारले लागु गरेको लकडाउनमा भने थप कडाई गर्ने तयारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहीबार भएको सर्वदलीय, सर्वपक्षीय बैठकले अत्यावश्यकीय सामाग्री खरिदका लागि बिहान ११ बजेदेखि ३ बजेसम्म खुकुलो बनाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

यसअघि सिल गरिएका कोरोना संक्रमित क्षेत्रमा निषेधित क्षेत्रको आदेश कायमै रहनेछ । साथै रानी तलाउ, त्रिभुवन चोक र वि.पि. चोकमा रहेका सब्जी मण्डी अर्को निर्णय नभएसम्म बन्द रहने निर्णय भएको प्रमुह जिल्ला अधिकारी खड्काले बताए ।


उनले लकडाउनका बेला जिल्ला प्रशासनले जारी गरेको पास बाहेकका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिने, जिल्लामा अत्यावश्यक सेवा सञ्चालन र दैनिक उपभोग्य वस्तु विक्री वितरणका पसल व्यवसाय विहान ११ः०० बजेदेखि दिउसो ३ः०० बजेसम्म उच्च स्वास्थ्य सजगता र सामाजिक दुरी कायम गरी सञ्चालन गर्ने, अत्यावश्यक काममा बाहेक कोही पनि व्यक्ति घर बाहिर ननिस्कने, सवारी अनुमति प्राप्त र अत्यावश्यक वस्तु तथा सेवामा प्रयोग हुने बाहेकका कुनै पनि सवारी साधन सञ्चालन नगर्ने लगायतका निर्णय भएको जानकारी दिए ।

सो बैठकमा जिल्ला सुरक्षा समितिका सदस्य, बाँकेका राजनीतिक दलका प्रतिनिधि तथा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीबास्तव, नेपालगन्ज उपमहानगरका मेयर डा. धवलशम्शेर राणा लगायतको सहभागिता रहेको थियो ।

Next Post

बुधबार संकलन गरिएको १३६ मध्ये ३४ को नातिजा नेगेटिभ

२५ बैशाख २०७७, बिहीबार १९:०९
सदरलाइनडटकम, नेपालगञ्ज :  नेपालगञ्ज–८ बाट बुधबार संकलन गरिएको १३६ स्वाब नमुना मध्येबाट ३४ वटाको नतिजा नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार १३६ सेम्पलबाट पहिलो लटमा गरिएको परिक्षणमा ३४ जनाको नतिजा नेगेटिभ आएको हो । पहिलो संक्रमित ६० वर्षिय पुरुषसंगको सम्पर्कमा रहेका ९० […]