भारतबाट नेपालगञ्ज फर्केका तीन जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २३ जेष्ठ २०७९, सोमबार १३:३०
 

नेपालगञ्ज : भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि प्रभाव देखिएको छ । अधिकांश नेपाली भारतका विभिन्न शहरमा काम गर्ने पुगेको र त्यहाँबाट फर्किने नेपालीबाट विगतझै पुनः कोरोना संक्रमण निम्तिन थालेको हो ।

यसैक्रममा भारतबाट फर्किएका ३ जना नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । भारतको रुपईडिहा हुदै नेपालगञ्ज आइपुगेका ३ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले बताए ।


‘केही दिन यता जमुनाहा नाकामा भारतका विभिन्न स्थानबाट आउने नेपालीहरुमा कोभिड पुष्टी भइरहेको छ,’ उनले भने । फोकल पर्सन ओलीका अनुसार सोमबार बिहान मात्र दैलेख, प्युठान र जाजरकोटका १/१ जना गरि ३ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको हो । फोकल पर्सन ओलीले कोरोना संक्रमण शुरु भएकाले मास्कको प्रयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोबाइल चोरेको आरोपमा दुई जना पक्राउ

२३ जेष्ठ २०७९, सोमबार १३:३०
बर्दिया : बर्दियामा मोबाइल चोरी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा, जिल्ला बर्दिया गेरुवा गाउँपालिका–०४ खोनपुर बस्ने सागर कटुवाल र जिल्ला काभ्रेपलाञ्चोक स्थायी वतन भई हाल जिल्ला बर्दिया गेरुवा गाउँपालिका–०४ खोनपुर बस्ने पारस तामाङ रहेका छन् । जिल्ला बर्दिया गेरुवा गाउँपालिका–०५ सुखाड बस्ने मनिराम थारुले पक्राउ […]