नेपालको अदालतमा न्यायमूर्तिको अभाव छ : हृदयेश त्रिपाठी

सदरलाइन संवाददाता ९ भाद्र २०७८, बुधबार १५:३५
 

नेपालगञ्ज : पूर्वमन्त्री हृदयेश त्रिपाठीले नेपालका अदालतमा न्यायमुर्तिको अभाव देखिएको बताएका छन् । अवधी पत्रकार संघ नेपालले बुधवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले शेर बहादुर देउवालाई सिधै प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशले त्यसको पुष्ट्याई गरेको जिकिर गरे ।

पूर्वमन्त्री त्रिपाठीले तराईमा देखिएको मधेशवादी दलको समस्या देशकै समस्या भएको बताए । उनले मधेशी दलको समस्या समाधानमा सरकार गम्भीर नभए यसले देशमै समस्या सृजना पार्ने चेतावनी समेत दिए ।


अहिले नेपालका दलहरू सिद्धान्तका आधारमा नभई व्यक्तिगत रिसिविई र अहमताका आधारमा विभाजित भइरहेको उनको तर्क छ । नेकपा एमालेसँगको आफुहरूको यसअघिको सहकार्य निर्वाचनपछि सकिएको उनको भनाइ थियो ।

संघका केन्द्रीय अध्यक्ष राकेश मिश्रको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेता एवं समाजसेवी पशुपति दयाल मिश्र, जगदीश प्रसाद शुक्लालगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा फरार अभियुक्त पक्राउ

९ भाद्र २०७८, बुधबार १५:३५
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–२० नयाँ बस्ती थपुवाका दुईजना युवामाथि आक्रमण गरी फरार भएका मुख्य अभियुक्तलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । साउन २४ गते राती पुरन विक र टेकबहादुर विकलाई ज्यान मार्ने उद्देश्यले हतियार प्रहार गरी आक्रमण गरेको भन्दै राँझाका सन्ते भनिने बसन्त रावतसहित ११ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी […]