बागलुङको ढोरपाटनमा आगलागी हुँदा तीस घर जले

९ मंसिर २०७५, आईतवार १५:४६
 

सदरलाइनडटकम,
बागलुङ : बागलुङमा भीषण आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन् । ढोरपाटन नगरपालिका ९ नवि बस्तीमा शनिवार राती करिब दुई बजे आगलागी भएको हो ।
नजिकै रहेका २३ घर भने जोगाउन सफल भएको हनुमान ध्वज गण गुल्मका नेपाली सेनाको टोलीले जनाएको छ । ढोरपाटनका बासिन्दा चैत्रदेखि कार्तिक महिनासम्म उक्त स्थानमा बस्ने गर्दछन् । उनीहरू चिसो मौमसमा भने जाडो छल्न बोबाङ, अधिकारीचौर गाउँमा झर्ने गर्छन् ।
दुई चार जना चौकिदारको भरमा घर सम्पत्ति जिम्मा लगाएर झरेका स्थानीयको घरभित्र राखिएको लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ । ढोरपाटन प्रहरी चौकीसमेत बोबाङ झरेका कारण बस्ती सुनसान रहेको अवस्थामा अचानक लागेको आगो फैलिएको थियो । ढोरपाटन शिकार आरक्षको सुरक्षार्थ उक्त क्षेत्रमा नेपाली सेनाको टोली बस्दै आएको छ ।



सेनाले आगलागी नियन्त्रणमा लिएकोले थप क्षति हुन पाएन । आगो बिहान ८ बजेमात्रै नियन्त्रणमा लिइएको हनुमान ध्वज गुल्मका ईन्द्र शाहीले बताए । उनका अनुसार अचानक एक घरबाट सल्किएको आगोले क्रमशः संगै जोडिएका अन्य घरहरु पनि जलेर नष्ट भएका हुन् ।
घटनास्थल देखि करिब ३ किलोमिटर टाढा रहेको नेपाली सेनाको टोलीले आगलागीको जानकारी पाए लगत्तै गुल्मका गुल्मपति मेजर रविजंग खड्काको कमाण्डमा खटिएको १ सय २३ जनाको टोलीले आगो निययन्त्रणमा लिएको हो ।

Next Post

नरैनापुरमा सोमवार घुम्ती शिविर गरिने

९ मंसिर २०७५, आईतवार १५:४६
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुरमा सोमवार घुम्ती शिविर एवं सार्वजनिक सुनुवाई गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँके र नरैनापुर गाउँपालिकाको आयोजना र जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा घुम्ती शिविर एवं सार्वजनिक सुनुवाई गर्न लागिएको हो । गाउँपालिकाको वडा नम्बर ४ स्थित नेपाल राष्ट्रीय प्राथमिक विद्यालय खोदवाँ […]