विप्लव माओवादीद्वारा कोहलपुरमा चक्काजाम

सदरलाइन संवाददाता २३ माघ २०७८, आईतवार १६:५०
 

नेपालगञ्ज : विप्लव माओवादी नेतृत्वको अखिल क्रान्तिकारीले आइतवार बाँकेको कोहलपुरमा एक घण्टा चक्काजाम गरेर पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ ।

पूर्वपश्चिम राजमार्गसँगै कोहलपुर चौराह, चपरगौरी, र कौशीलानगरमा विहान १० देखि ११ बजेसम्म चक्काजाम गरेर मूल्यबृद्धिको विरोध गरिएको अखिल क्रान्तिकारीका नेता डिबी शाहीले बताए ।


सरकारले पछिल्लो पटक अस्वभाविकरुपमा मूल्य वृद्धि गरेर पेट्रोल, डिजेल र मट्टीतेलमा नयाँ रेर्कड कायम गरेको छ । पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १२२ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कथित पत्रकार तमोलीमाथि कारबाही गरिँदै

२३ माघ २०७८, आईतवार १६:५०
नेपालगञ्ज : ‘पत्रकार हुँ’ भन्दै नाकाका प्रहरीसँग पैसा उठाउने मनोज तमोलीलाई अभद्र व्यवहारमा कारबाही हुने भएको छ । बाँकेका एसपी श्यामकृष्ण अधिकारीका अनुसार यसअघि पनि पक्राउ परेका तमौलीलाई अभद्र व्यवहारमा मुद्दा चलाइएको जानकारी दिए । भन्सारमा खटिएका प्रहरी हवल्दारसँग दश हजार रुपैयाँ मागेका जानकी गाउँपालिका–६ गनापुरका तमोलीलाई शनिवार प्रहरीले पक्राउ […]