डुडुवा गाउँपालिकामा पनि पाँच दिन गर्मी विदा

सदरलाइन संवाददाता ३० जेष्ठ २०७९, सोमबार १३:४९
 

नेपालगञ्ज : गर्मी अत्याधिक बढेपछि बाँकेको डुडुवा गाउँपालिकाले पाँच दिन गर्मी विदा दिएको छ । सोमवारदेखि असार ३ गतेसम्म पालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरुबन्द रहने शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

अत्याधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि बाँकेका पालिकाहरुले गर्मी विदा दिएका हुन् । यसअघि नेपालगञ्ज, कोहलपुर र खजुराले पाँच दिन विदा दिएका थिए । यी पालिकाहरुमा जेठ २७ गतेदेखि जेठ ३१ गतेसम्म गर्मी विदा दिइएको छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

सामाजिक सञ्जालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्याए कारबाही हुने

३० जेष्ठ २०७९, सोमबार १३:४९
नेपालगञ्ज : सामाजिक संजालमार्फत् धार्मिक सहिष्णुतामा खलल पुर्याउने किसिमको लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधिहरु पोष्ट तथा शेयर गर्ने गरेको पाइएमा जिल्ला प्रहरी कार्यालय बाँकेले कारवाही गर्ने भएको छ । उक्त क्रियाकलापहरु बढ्दो क्रममा देखिएकोले यस विषयमा गम्भिर ध्यानाकर्षण भएको जिप्रका बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार एउटा […]