बहराइनविरुद्ध नेपाल १० विकेटले विजयी

सदरलाइन संवाददाता १५ भाद्र २०८०, शुक्रबार १४:२८
 

काठमाण्डौ : नेपाली महिला राष्ट्रिय टिमले विमेन्स ट्ववान्टी–२० विश्वकप छनोटको शुक्रबार भएको खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको छ । मलेसियामा शुक्रबार भएको खेलमा बहराइनले प्रस्तुत गरेको ३२ रनको लक्ष्य पाएको नेपाल १७ बलमै त्यहाँसम्म पुगेको थियो ।
कविता कुँवरले १४ बलमा १७ रन बनाइन् र तीन चौका प्रहार गरिन् । यस्तै, सीता रानागमरले दुई रन बनाइन् र नेपाल २.५ ओभरमा विना कुनै विकेटको क्षति जितसम्म पुगेको थियो ।नेपालकी कविता कुवँर र सीता राना मगरले क्रमशस् १७ र २ रन बनाएका थिए ।

खेलमा नेपालले १३ अतिरक्त रन पाएको थियो । यसअघि खेलमा टस जितेर ब्याटिङ गरेको बहराइनले १५.४ ओभरमा ३१ रन बनाउँदै अल आउट भएको थियो । त्यसमा रसनगिका हेराथले ११ रन बनाइन् र उनी नै दोहोरो अंक छुने एक मात्र ब्याटर रहिन् ।


खेलमा इन्दु बर्माले ३ विकेट र खुसी डंगोलले २ विकेट लिइन् भने भने कविता कुँवर, रुबिना क्षेत्र र पूजा महत्तोले एकरएक विकेट लिए । यसअघि बिहीबार भएको खेलमा पनि नेपालले मलेसियालाई ५ रनले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाहुनाको पर्खाइमा बाँकेका ‘होमस्टे’

१५ भाद्र २०८०, शुक्रबार १४:२८
नेपालगञ्ज : वर्षायामसँगै सुनसान बनेका बाँकेका होमस्टे (घरबास) आन्तरिक पर्यटकको पर्खाइमा छन् । पाहुनाको आगमन नभएपछि यतिबेला होमस्टे सञ्चालक फुर्सदिला भएका छन् । वर्षा लागेपछि पाहुना आउने क्रम कम हुँदै गएको बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँगाउँमा होमस्टे सञ्चालन गर्दै आउनुभएकी शोभी थारूले बताइन् । “अरु बेला त भीडभाड नै हुन्छ, […]